back
CTIZAN AD

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

वि.सं.२०७९ माघ ६ शुक्रवार

726 

shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।

शुक्रबार दिउँसो बसेका कर्णालीे प्रदेश सभाको बैठकमा शर्माले आफ्नो पार्टीसहित ४ दलका २५ सांसदहरुबाट विश्वासको मत पाएका हुन् ।

शर्माले आफ्नो पार्टीको १३, एमालेको ९, राप्रपा १, एकिृकत समाजवादी १ र स्वतन्त्र सांसद देवराजसहित २५ जनाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

त्यसैगरी प्रदेश सभामा रहेका नेपाली कांग्रेसका १४ सांसदले विपक्षमा मतदान गरेका छन् । केन्द्रमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रदेशमा भने त्यस्तो हुन् सकेन । कांग्रेसका सांसदहरुले विश्वासको मत दिँदा सभामा शसक्त रुपमा विपक्षीको भूमिका पूरा गर्न नसकिने भन्दै विपक्षमा मतदान गरेको बताइएको छ ।

गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका शर्मा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत हुन् ।

सत्ता गठबन्धन दलबीच कर्णाली प्रदेशमा माओवादीले पाँचवर्ष मुख्यमन्त्री चलाउने सहमति भएपनि उक्त सहमतिलाई सच्याउँदै पहिलो कार्यकाल माओवादी केन्द्रका शर्मा र पछिल्लो कार्यकाल एमालेका नेता यमलाल कँडेलले मुख्यमन्त्री चलाउने सहमति भएको छ ।

वि.सं.२०७९ माघ ६ शुक्रवार १६:१४ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...