back
CTIZAN AD

मुगुमा बखत स्मृति दिवस भब्यरुमा सम्पन्न

वि.सं.२०७९ माघ ९ सोमवार

819 

shares

मुगु  ।  मुगु जिल्ला सदरमुकाम गमगढीमा बखतबहादुर शाही स्मृति दिवस भब्यताका साथ सम्पन्न गरिएको छ ।

नेपाली कांग्रेसको सहकार्य तथा बखतबहादुर शाही फाण्डेशनको आयोजनामा संचालित बिभिन्न खेलकुद प्रतियोगीताको आयोजना गरि बखत स्मृति दिवस मनाइएको कांग्रेस कार्यबाहक सभापति कर्ण रावलले जानकारी गराए ।

उक्त प्रतियोगीतामा बिद्यालय स्तरीय फुटवल प्रतियोगीता महिला पुरुष देउडा गीत आयोजना गरि बखत स्मृति दिवस भब्यताका साथ मनाइएको कांग्रेस पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए ।

फुटबल उपाधि प्रभात माबिलाई
बखत स्मृति फुटवल उपाधि प्रभात मावि रोवाले हात पारेको छ । २१ औं बखत स्मृति दिवसको अबसरमा शहिद खबतबहादुर शाही फाउण्डेशनले आयोजना गरेको बिद्यालयस्तरीय फुटवल प्रतियोगीतामा प्रथम उपाधि प्रभात माध्यमिक बिद्यालय रोवाले जित्न सफल भएको छ ।

उपबिजेता महाकाली माबि रहेको छ । माघ ४ गतेदेखि बखत स्मृति फाण्डेशनले गमगढीमा बिद्यालयस्तरीय फुटवल प्रतियोगीता लगायत बिभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाइएको छ ।

फुटवल प्रतियोगीतामा प्रथमस्थान हासिल गरेको प्रभात माबि रोवाले शिल्ड ट्रफी गोल्डमेडल सहित २५ हजार नगद पुरस्कार तथा दोश्रो स्थान जित्न सफल भएको महाकाली माबिले शिल्ड ट्रफी सिल्भर मेडलसहित १५ हजार नगद पुरस्कार प्राप्त गरेको स्वर्गीय बखतबहादुर शाही फाण्डेशनका सचिव दिपक रावलले बताए । उक्त प्रतियोगीतामा ११ बिद्यालयका १६ टिमले सहभागी जनाएको रावलको भनाई छ ।

को हुन बखतबहादुर शाही
मुगु जिल्लास्थित खत्याड गाउँपालिकास्थित रिखियाँ गाउँका बखतबहादुर शाही नेपाली कांग्रेस मुगुका संस्थापक पार्टी सभापति हुन । उनी २०४८ सालमा नेपाली कांग्रेस मुगुका पार्टी सभापति पदमा मनोनित भएका हुन् । शाही पहिलो मुगु जिल्ला बिकास समितिका सभापति पनि हुन् । तत्कालिन जनयुद्धको बेला २०५८ साल माघ ३ गते बखतबहादुर शाहीलाई गमगढी निवासमै माओबादीले हत्या गरेका थिए ।

बखत स्मृति फाण्डेसन
स्वर्गीय बखतबहादुर शाहीका परिवारले बखत स्मृति फाण्डेशन स्थापना गरि हरेक बर्ष उनको स्मृति दिवस मनाउन थालिएको छ । तत्कालिन कांग्रेस पार्टी सभापति खडगबहादुर शाहीको पालादेखि पार्टीले बखत स्मृति प्रतियोगीता मनाउन सुरु गरेको हो । बिगत लामो समयदेखि नेपाली कांग्रेसले गमगढीमा बिभिन्न खेलकुदको आयोजना गरि बखत स्मृति दिवस मनाउदै आएको मुगु कांग्रेस कार्यबाहक सभापति कर्ण रावलले जानकारी दिए ।

सम्झनामा सालिक
स्वर्गीय बखतबहादुर शाहीको सम्झनामा गमगढी अदालत चोकमा गत बर्षदेखि सालिक स्थापना गरिएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा बखतबहादुर शाहीको सालिक स्थापना गरिएको छ । मुगुका संस्थापक कांग्रेस पार्टी सभापति बखतबहादुर शाहीलाई बिर्सिन नकिने कांग्रेस पार्टी सभापति एबम प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाहीको भनाई छ । उनको सम्झनामा पार्टीले हरेक बर्ष स्मृति दिवस मनाउदै आएको उनको भनाई छ ।

वि.सं.२०७९ माघ ९ सोमवार १६:०३ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...