back
CTIZAN AD

सहमतिपछि लुम्बिनीको विवाद समाधान

वि.सं.२०७९ माघ २४ मंगलवार

1.9K 

shares

देउखुरी । बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको रामकथा प्रवचनका कार्यक्रम आयोजनाका विषयमा देखिएको विवाद समाधान भएको छ ।

लुम्बिनीमा भारतीय सन्त मुरारी वापुद्वारा गरिने कथावाचनको विषयलाई लिएर कुनै पनि पक्षले विरोध नगर्नेलगायत चारबुँदे सहमतिपछि विवाद समाधान भएको हो । लुम्बिनी विकास कोषमा आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको रोहवरमा बसेको बैठकले सहमति गरेको हो ।

बैठकमा लुम्बिनी गुरुयोजनाबमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मुरारी वापुको कथावाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने सहमति भएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष युवराज जिरेल, महासङ्घका केन्द्रीय कोषाध्यक्ष विमल सारू, सङ्घर्ष समितिका संयोजक पार्वती घर्तीमगर, नेपाल आदिवासी जनजाति महासङ्घ रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्य विश्वराज पौडेल र रामकथाका स्थानीय आयोजक संयोजक राजेश अग्रवालले सहमतिमा हस्ताक्षर गरेका छन् ।

यस्तै माघ २३ गते पर्साचोकमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा भएको घटनाको दुःख व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था मिलाउने र घटनाको आवश्यक छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्ने सहमति भएको छ । विश्व शान्ति क्षेत्र लुम्बिनीका सन्दर्भमा यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने सहमति गरिएको छ ।

त्यसैगरी लुम्बिनीमा सञ्चालन भएको रामकथाका विषयलाई लिएर विभिन्न बौद्धमार्गीले संवादका क्रममा राखेको सुझावलाई आयोजकलाई ध्यानाकर्षण गराई कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयमा लुम्बिनी विकास कोषले बुद्ध, धर्म, सङ्घ, दर्शन र परम्पराविपरीत नहुने गरी कार्यविधि बनाउने र उक्त कार्यविधि बनाउँदा बुद्धधर्मसँग सम्बन्धित सङ्घ संस्था र सरोकारवालासँग परामर्श गर्ने सहमति उल्लेख छ ।

लुम्बिनीमा आजदेखि मुरारी वापुको कथा प्रवचन सुरू भएको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिको आयोजनामा आजदेखि सुरु हुने रामकथा प्रवचनका लागि वापु यहाँ आएका हुन् ।

 

 

onlineradionepal.gov.np/wp-content/uploads/2023/02...

वि.सं.२०७९ माघ २४ मंगलवार १७:४४ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...