back
CTIZAN AD

फागुन १८ देखि भृकुटीमण्डपमा नेपाल मेडिकल एक्स्पो हुँदै

वि.सं.२०७९ माघ २७ शुक्रवार

873 

shares

काठमाडौं । नेपाल मेडिकल तथा ल्याब एक्सपो हुने भएको छ । फागुन १८ देखि २० गतेसम्म नेपाल मेडिकल तथा ल्याब एक्स्पो हुने भएको हो ।

एसडि प्रोमो मिडियाले इइपिसि भारत र च्यमसन नेपाल सँगको सहकार्यमा आयोजना गर्न लागेको नेपाल मेडिकल तथा ल्याब एक्स्पोको सम्पूर्ण तयारी पूरा गरेको छ । एक्स्पो यही फागुन १८–२० मा भृकुटीमण्डपमा हुने छ ।

मेडिकल तथा ल्याब एक्स्पो, सबैभन्दा ठुलो बि टु बि मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुनेछ । यस नवीन प्रदर्शनीमा नेपालका ३०० भन्दा बढि प्रदर्शकहरू तथा भारत तथा अन्य देशहरूबाट ८०० भन्दा बढि ब्रान्डले १००० भन्दा धेरै उत्पादनहरू तथा सेवाहरु सार्वजनिक प्रदर्शनीमा राख्नेछन्, जसले स्वास्थ्य तथा ल्याब्रोटोरीका आवश्यकतालाई सम्बोधन गर्ने जनाइएको छ ।

यस छैटौँ संस्करणमा हेल्थ केयर, फर्मास्युटिकल तथा रिसर्च सेक्टरका लागि यि तिन दिन उपलब्धिमूलक हुनेछन्, जहाँ थुप्रै व्यवसाहिक साझेदारी तथा उल्लेखनीय नेटवर्किङका अवसर प्रदान गरिनेछ । सबै कम्पनीले आफ्ना पछिल्ला तथा उत्कृष्ट उत्पादन प्रदर्शन गर्नका लागि सबै तयारी पूरा गरेका छन् ।

सो एक्स्पोको मूल विषयवस्तु हेल्थ केयर तथा ल्याबरेटोरीका पछिल्लो प्रविधि तथा उत्पादन अपनाएर नवीन तथा उत्कृष्ट विधि प्रयोग गर्ने बारेमा रहेको छ । एसडि प्रोमो मिडियाका डाइरेक्टर राजेश शर्माले टिप्पणी गर्दै भने ‘यस छैटौँ संस्करणको घोषणा गर्न पाउँदा म उत्साहित छु ।

यस प्रदर्शनीले विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउनेछ जसले देशै भरीका विभिन्न ग्राहकहरूको माग सम्बोधन गर्नेछ । यसका साथै यस एक्स्पोले साना तथा ठूला कम्पनीहरूलाई एक अर्कासँग परिचय तथा सम्बन्ध बढाउदै आफ्ना सृजनाहरू परिचित गराउनै सुनौलो अवसर दिनेछ ।’

वि.सं.२०७९ माघ २७ शुक्रवार ०८:०३ मा प्रकाशित

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग धितोपत्र बोर्डको नीति संवाद

वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग धितोपत्र बोर्डको नीति संवाद

ललितपुर । नेपाल धितोपत्र बोर्डको आयोजनामा नेपालका विभिन्न विश्वविद्यालयमा वित्त...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...