काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष अग्नि सापकोटाका छोरा रूपकलाई प्रधानमन्त्री प्रचण्डले पराराष्ट्र सल्लाहकारमा नियुक्त गरेका हुन् ।
पराराष्ट्र सल्लाकारमा नियुक्त सापकोटाले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन् । साथै, त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गदै आएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा उनीसँग गहिरो ज्ञान रहेको सापकोटा २०१९, नोभेम्बर देखि सन् २०२१ अक्टोबरसम्म नेपाल सरकारको महत्वपुर्ण थिकटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
डा सापकोटाले भुराजनीतिक, वैदेशिक तथा सामारिक मामिलामा थुप्रै लेख रचना प्रकाशित छन् । उनले थुपै पुस्तक सहलेखन र सम्पादन पनि गरेका छन् । साथै, उनका थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरुमा अनुसन्धनात्मक लेखहरु पनि प्रकाशित भएका छन् ।
डा सापकोटाले सन् २०१८मा चीनको बेइजिङ स्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयवाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी हासिल गरेका सापकोटाले विश्वका विभिन्न विश्वविद्यालयमा सिनियर स्कलर तथा रिर्सच फेलोका रुपमा पनि काम गरेको अनुभव रहेको छ ।
सापकोटा चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन् ।
वि.सं.२०७९ फागुन ९ मंगलवार १४:२१ मा प्रकाशित






























