सामान्य खोकी लाग्ने समस्या सबैमा हुन्छ । खोकी जुनसुकै बेलामा पनि लाग्न सक्छ । खोकी लाग्ने कुरा, मौसममा निर्भर नभएता पनि चिसो मौसममा भने अलि बढी खोकी लाग्ने अनुमान हामी गर्न सक्छौँ ।
खोकी लाग्ने धेरै कारण हुन्छन् । चिसोको कारण वा मौसमी रुघाखोकीले पनि खोकी लागिरहेको हुन्छ । त्यसैगरी फ्लूको सिजन सुरु भएसँगै धेरै मानिसलाई ज्वरो आउने र रुघाखोकीको समस्या हुने गरेको पनि पाइन्छ । लामो समयसम्म पनि खोकी लागिरहेमा यसले गम्भिर रोगको संकेत गरेको पनि हुन सक्छ । त्यसैले लामो समयसम्म खोकी लागिरहेमा चिकित्सकको सल्लाहसुझाव लिनु पर्दछ । सामान्य रुघाखोकी लागेमा आफ्नो जीवनशैलीलाई परिवर्तन गरेर पनि रुघाखोकी निको पार्न सक्छौँ ।
खोकी लाग्दा कस्ता खानेकुरा नखाने ?
१. जंक फुड
जंक फुडले हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । खोकी लागेको समयमा जंक फुड खाँदा खोकीलाई झनै बढाउन मद्दत गर्दछ । त्यसैले खोकी लागेको बेलामा जंक फुड खानु हुँदैन ।
२. तारिएका खानेकुरा
तातो तेलमा तारेको खानेकुरामा एक्रोलिन नामक तत्व उत्पन्न हुन्छ र त्यसले खोकी लाग्ने र घाँटी दुख्ने कारक तत्वलाई सक्रिय बनाउँछ । खोकी लागेको बेलामा चिल्लो पदार्थ पनि खानु हँुदैन ।
३.कफी तथा चिया
खोकी लाग्दा कफी र दुधको चिया खानु हुँदैन । कफी र दुध मिसाइएको चियाले घाटीलाई सुख्खा बनाउछ जसले गर्दा खोकीको समस्या झनै बढ्न सक्छ ।
४.चिसो पदार्थ
खोकी लाग्ने प्रमुख कारणको रुपमा हामी चिसो पदार्थलाई लिन सक्छौ । किनभने चिसो पदार्थले खोकीलाई उत्तेजित गर्दछ । त्यसैले विभिन्न चिसो पेयपदार्थहरू जस्तै चिसो पानी, आइसक्रिम, आदि खानु हँदैन ।
५.मदिरा
मदिराले रोग प्रतिरोधात्मक क्षमता घटाउनुका साथै डिहाइड्रेसन गराँउछ । यसले खोकी झन् खोकी बढाउनुका साथै अन्य समस्या उत्पन्न गर्छ ।
खोकी निको पार्ने उपायहरु
१.मह खाने
तातो पानीमा कागती, अदुवा र २ चम्चा मह मिसाएर खाँदा खोकीलाई निको पार्न सकिन्छ । तर बोटुलिज्मको जोखिमको कारणले गर्दा १२ महिना मुनिका बच्चाहरूलाई भने मह कहिल्यै खुवाउनु हुँदैन ।
२.अदुवाको प्रयोग
अदुवा एक लोकप्रिय परम्परागत उपचार पनि हो । यदि तपाईंलाई खोकी लागेको छ भने, अदुवालाई तातो पानीमा वा चियामा पकाएर खादा खोकीलाई निको पार्न सकिन्छ । तातो तरल पदार्थले तपाईंको घाँटीमा सुक्खापन र बलगम कम गर्न सक्छ ।
३. बाफ लिने
खोकीलाई कम गर्ने एउटा सरल उपाय भनेको बाफ लिनु हो । तातो हावाले हावामा आर्द्रता थप्छ र चिसोको कारण खोकीलाई कम गर्न मद्दत गर्न सक्छ । त्यसैले बाफ लिएर पनि खोकीलाई क मगर्न सकिन्छ ।
४. तुलसीको पातको प्रयोग
तुलसीको पात सामान्य रुघाखोकीको लागि सबैभन्दा राम्रो उपाचार हो । तुलसीको पातले भाइरसलाई निष्क्रिय पार्छ । तुलसीको पात चपाएर वा चिय जस्तो गरी पकाएर खानाले रुघाखोकी निको पार्न सकिन्छ ।
५. नुनपानी कुल्ला गर्ने
नुन र बेसारलाई मनतातो पानीमा हालेर मूख कुल्ला गर्दा रुघाखोकीबाट आराम पाइन्छ । नुन र बेसार मिसाएर मनतातो पानीले कुल्ला गर्दा मुखमा भएका ब्याक्टेरियालाई नष्ट पारिदिन्छ । नुनपानीले दिनको तीन पटक कुल्ला गर्दा छात्तिसम्बन्धि ४० प्रतिशत रोगको संक्रमण हुने सम्भावाना कम हुन्छ ।
६. बढी मात्रामा तरल पदार्थको प्रयोग
रुघाखोकी लाग्दा धेरै मात्रमा तरल पदार्थ पिउदा राम्रोसँग हाइड्रेटेड शरीर रहन्छ र श्राव पातलो हुन्छ । जसले गर्दा खोकी लाग्न र नाक फुकाउन सजिलो हुन्छ ।
वि.सं.२०७९ फागुन ९ मंगलवार १४:०७ मा प्रकाशित





























