back
CTIZAN AD

यस्तो छ आठ दलबिचको सहमति, प्रचण्डलाई अढाई वर्ष नेतृत्व दिने

वि.सं.२०७९ फागुन १३ शनिवार

852 

shares

काठमाडौं । शुक्रवार सांझ दलहरुबिच भएको सहमतिको लिखितप्रति शनिवार बिहानसम्म सार्वजनिक नभएपछि सहमतिका बारेमा अनेकौ अडकलवाजी गरिएका छन् ।

आठ दलको बैठक नबस्दै शुरुमा चार दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सम्भावित सत्ता समीकरण र पावर सेयरिङका बारेमा बिकल्पहरु दिईएका थिए । सो बैठकमा नेताहरुबीच चुनावअघिको पाँचदलीय गठबन्धन ब्यूँउताउनेदेखि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका बारेमा विषय प्रवेश भएर छलफल समेत भएको थियो ।

माओवादी श्रोतका अनुसार बैठकमा नेपाली कांग्रेसका नेताहरुले पावर सेयरिङका बारेमा सामान्य खाका पेस गरेका थिए । जसमा राष्ट्रपति कांग्रेसले लिने, प्रधानमन्त्रीमा माओवादी र समाजवादीलाई दिने उल्लेख थियो । बैठकमा प्रधानमन्त्री पद चारवर्ष माओवादीलाई र एकवर्ष एकीकृत समाजवादीलाई दिन सकिनेबारे छलफल भएपनि कांग्रेसका कतिपय नेताहरुले पाँचै वर्ष राष्ट्रपति लिए पनि प्रधानमन्त्रीमा समेत पावर सेयरिङ हुनुपर्ने अडान लिएका थिए ।

माओवादीले भन्दै आएको उपराष्ट्रपति जसपालाई दिएर पनि सहमति बनाउन आफु तयार रहेको कुरा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बैठकमा भनेपछि सहमतिको आधार बनेको थियो ।
नेपाली कांग्रेस, माओवादी, एकिकृत समाजवादी, जसपा, जनमत, लोसपा, नागरीक उन्मुक्ति, जनमोर्चा लगायतका आठ दलको संयुक्त बैठकले प्रचण्डलाई अढाई बर्ष, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई डेढ बर्ष र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई पछिल्लो एकबर्ष सरकारको नेतृत्व गर्न दिने, राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने, उपराष्ट्रपतिमा जसपालाई समर्थन गर्ने र एक बर्षपछि रिक्त हुने राष्ट्रियसभा अध्यक्षमा माओवादीलाई समर्थन दिने गरी सहमति बनेको भनिएको छ । सो सहमति देउवा, प्रचण्ड र माधवको डेढघण्टे बसाई पछि बनेको थियो ।

यो संगै राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारले सुबिधाजनक मत पाउने भएका छन । संघको दुवै सदन र प्रदेशसभा गरी हुने कुल मतभार ५२ हजार ६२८ मध्ये आठ दलको नयां गठबन्धनसंग झण्डै ६२ प्रतिशत मत रहेको छ । जसमध्ये नेपाली कांग्रेसको १६ हजार १४२, माओवादीको ७ हजार ७२८, एकिकृत समाजवादीको २ हजार ७०१, जसपा २ हजार २४१, जनमत १२४२, लोसपा ९७१, नागरीक उन्मुक्ति ८९२ र जनमोर्चा २०६ गरी ३२ हजार १२३ मतभार देखिएको छ । एमाले नेतृत्वमा रहने अर्को गठबन्धनसंग १९ हजार ३४२ मतभार रहेको छ ।

 

वि.सं.२०७९ फागुन १३ शनिवार १०:२० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...