back
CTIZAN AD

लघुकथाः रहस्य

वि.सं.२०७९ फागुन १३ शनिवार

975 

shares

सुरेशकुमार पान्डे,घोराही, दाङ

‘होइन सर, हजुरले देशको कानुन मिचाहाको बचावमा सदनभित्र यती धेरै आवाज किन उठाउनुभयो ? त्यो दोषी हो भन्ने थाहा हुँदाहुदै ।’ एउटा पत्रकारले गम्भिर प्रश्न उठायो ।

‘हेर बाबु ! काम गर्दा कहिलेकाहीँ सबैबाट भुल हुन्छ ।’ उत्तरमा मन्त्रीले खिसिक्क हाँस्दै भन्यो ।

‘कस्तो कुरा गर्नुहुन्छ, महोदय ? एउटा कसुरदारलाई जोगाउन खोज्नु हजुर जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिलाई सुहाउँछ ? त्यो पनि देशको भविष्यसँग जुडेको सवालमा ।’ पत्रकारले आश्चर्यता प्रकट गर्दै भन्यो ।

‘त्यसो होइन, त्यसमा पनि एउटा मक्सद हुनसक्छ ।’ मन्त्रीले विन्रमतापूर्वक जवाफ फर्कायो ।

‘सर, हामीले पनि त्यहीँ त सोधेको आखिर रहस्य केहो ?’ पत्रकारले फेरी प्रश्न तेर्सायो ।

‘जसको ढोका सिसाको हुन्छ, उसले अर्काको घरमा पत्थर हान्न मिल्छ ?’ मन्त्री पत्रकारतर्फ हेर्दै नहेरी गर्जिंयो ।

वि.सं.२०७९ फागुन १३ शनिवार ०९:३७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...