back
CTIZAN AD

राप्रपा निर्णयको असर : प्रचण्डले चैत १२ सम्म विश्वासको मत लिनुपर्ने

वि.सं.२०७९ फागुन १४ आइतवार

1K 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने भएको छ । सरकारमा सहभागि दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।

प्रचण्ड गत पुस १० मा सात दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए । प्रचण्डलाई माओवादी केन्द्रसहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी सात दलको समर्थन रहेको थियो ।

तर, सात दलीय सत्ता गठबन्धन कायमै रहेका बेला राष्ट्रपति निर्वाचनलाई केन्द्रीत गरी शनिबार माओवादी केन्द्र र कांग्रेससहित आठ दलले बेग्लै गठबन्धन बनाएका छन् । आठ दलबीच सत्ता समीकरण पनि फेरबदल गर्ने सहमति बनेको छ ।

बेग्लै सत्ता समीकरणको तयारी भइरहेका बेला राप्रपाले शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको छ । संविधानको व्यवस्थाबमोजिम अब आगामी ३० दिन अर्थात् १२ चैतभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने हुन्छ ।

संवैधानिक व्यवस्थाअनुसार सत्ता साझेदार कुनै दलले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा १०० को उपधारा २ मा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । यदि विश्वासको मत नपाए संविधानको धारा ७६ (३)बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

संसदमा प्रचण्ड आबद्ध माओवादी केन्द्रसँग ३२ सिटमात्रै छ । बहुमतका लागि १३८ सिट आवश्यक पर्दछ । समीकरण फेरिएपनि प्रचण्डको पक्षमा बहुमत पुग्ने देखिन्छ । तथापी संवैधानिक बाध्यताअनुसार प्रचण्डले संसदमा बहुमत भने सिद्ध गर्नुपर्छ ।

वि.सं.२०७९ फागुन १४ आइतवार १५:२० मा प्रकाशित

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...