back
CTIZAN AD

पलिकाद्धारा स्नातकोत्तर उत्र्तीण महिलाहरुलाई सम्मान

वि.सं.२०७९ फागुन २५ बिहीवार

936 

shares

रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिकाले स्नातकोत्तर तह उत्र्तीण महिलालाई सम्मान गरेको छ ।

पालिकाले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पालिकाभित्रका स्नातकोत्तर तह उत्र्तीण दश जना महिलालाई सम्मान गरिएको हो । नगद रु पाँच हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताए । पाल्पाकै दुर्गम र विकट क्षेत्र मानिने निस्दी गाउँपालिकामा मगर समुदायको बाक्लो बसोबास छ ।

पालिकाभित्रका महिलालाई शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्न र बीचमै कक्षा छाड्ने दर घटाउन स्नातकोत्तर तह उत्र्तीण महिलालाई सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताए ।

“अझैपनि गाउँघरमा महिला शैक्षिक क्षेत्रको माथिल्लो तहसम्म पुग्ने कम छन्, महिला शिक्षित भएमात्रै घरपरिवार, समाज शिक्षित बन्छ, त्यसकारण महिलालाई शिक्षामा हौसला बढाउन सम्मान कार्यक्रम आयोजना गरेका हौँ”, उनले भने ।

ग्रामीण भेगमा बालविवाह व्याप्त छ । उमेर नपुग्दै विवाह गर्ने, बीचमै कक्षा छाड्ने प्रवृत्तिको अन्त्यका लागि यस्ता प्रोत्साहनमूलक कार्यक्रमले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

वि.सं.२०७९ फागुन २५ बिहीवार १२:०८ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...