काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि भइरहेको निर्वाचनमा मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो । राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङबीच प्रतिस्पर्धा भएको छ ।
बिहान १० बजेदेखि सुरू भएकाे मतदान प्रक्रियामा दिउँसो १२:३५ बजेसम्म प्रदेश तर्फ ३३६ र संघीय संसद तर्फ २६७ मत खसेको छ । संघतर्फ महिला ९२ पुरूष र १७५ महिला गरि २६७ र प्रदेश तर्फ महिला १५९ र पुरूष १७८ गगरी ३३६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानमा प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ८७९ जना मतदाताले मतदान गर्ने छन्। कुल ८८४ मतदातामा ३ जनाको पद रिक्त र २ जना उपचारर्थ चीन र भारतमा रहेका छन्।
वि.सं.२०७९ फागुन २५ बिहीवार १३:२१ मा प्रकाशित




























