back
CTIZAN AD

उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै आयोग

वि.सं.२०७९ फागुन २८ आइतवार

915 

shares

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा उम्मेदवार मनोनयन दर्ता गराएकाहरुको नामावली आज प्रकाशित गर्दैछ ।

आयोगका अनुसार शनिबार उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन दर्ता गराएकाहरुको नामावली आज प्रकाशन गरिने भएको हो ।

उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाटै तीनजनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । जसमा जनता समाजवादी पार्टीका दुईजनाले उम्मेदवारी मनोयन दर्ता गराएका छन् । जसपाले पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादव र नेतृ प्रमिला यादवलाई उम्मेदवार बनाएको छ । यसअघि राम सहाय यादवलाई उपराष्ट्रपति पदमा उठाउने निर्णय गरेको सो पार्टीले निर्वाचन आयोगले संविधान अनुसार फरक लिङ्ग र फरक समुदायको व्यक्ति उपराष्ट्रपति हुने बताएपछि जसपाले प्रमिलालाई पनि उपराष्ट्रपतिको उम्मेदवारमा मनोयन दर्ता गराएको हो ।

त्यसैगरी सत्ता साझेदार दलकै जनमत पार्टीले पनि उपराष्ट्रपतिमा नेतृ ममता झाको मनोनयन दर्ता गराएको छ । शनिबार बसेको गठबन्धनको बैठकमा दलहरुबीच सहमति नजुटेपछि एउटै गठबन्धनबाट तीनजनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । यद्यपी आज आयोगले अन्तिम नामावली प्रकाशन गर्नुपूर्ज गठबन्धनको बैठकले उपराष्ट्रपतिमा एकजनाको नाम सहमतिमा टुंगो लगाउने बताइएको छ । दलहरुले सहमति नभएमा मित्रवत प्रतिश्प्रर्धा गर्ने बताएका छन् ।

उम्मेदवारी फिर्ता हुँदैन–अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष सिके रावतले पार्टीका तर्फबाट उपराष्ट्रपतिमा दिइएको उम्मेदवारी फिर्ता नहुने बताएका छन् ।

शनिबार संसद भवनमा उम्मेदवारी दर्ता गराएपछि राउतले गठबन्धनमा आफुहरुले उपराष्ट्रपति पदमा उम्मेदवारी दावी गरेको बताउँदै जनमत पार्टीको उम्मेदवार नै गठबन्धनको आधिकारीक उम्मेदवार हुने प्रतिक्रिया दिएका थिए ।

यता नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।

वि.सं.२०७९ फागुन २८ आइतवार ०८:२२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...