back
CTIZAN AD

किन दियो एमालेले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव विरुद्ध उजुरी ?

वि.सं.२०७९ फागुन २८ आइतवार

1.1K 

shares

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवविरुद्ध उजुरी दिएको छ ।

सत्ता साझेदार गठबन्धनबाट उपराष्ट्रपतिमा उम्मेदवार मनोनयन दर्ता गराएका जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता यादवविरुद्ध एमालेले शनिबार निर्वाचन आयोगमा उजुरी दिएको हो ।

एमालेले यादवको उम्मेदवारी संविधान र कानुन विपरित रहेको भन्दै शनिबार नयाँ बानेश्वरस्थित अयोगको कार्यालयमा उजुरी दर्ता गराएको हो ।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायको हुनुपर्ने रहेको र राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिको उम्मेदवार पुरुष हुन नसक्ने बताउँदै उसले उजुरी दिएको हो ।

सत्ता गठबन्धन दल जसपाकी नेतृ उपराष्ट्रपति पदका लागि महिला उम्मेदवार प्रमिला यादवले पनि उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् भने गठबन्धनभित्रै रहेको जनमत पार्टीबाट पनि नेतृ ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवार मनोनयन दर्ता गराएकी छन् ।

जनमतले उपराष्ट्रपति पदमा आफ्नो दावी गर्दै आएको छ । यद्यपी आज बस्ने सत्ता साझेदार दलको बैठकले उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।

 

वि.सं.२०७९ फागुन २८ आइतवार ०८:३७ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...