back
CTIZAN AD

पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दै माओवादी धारका पार्टीहरु

वि.सं.२०७९ फागुन २८ आइतवार

1.1K 

shares

काठमाडौँ । माओवादी धारका पार्टीहरुले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दैछन् ।

आज दिउँसो २ बजेका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा पछिल्ला दिनमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्चमा परेको जनयुद्धकालिन मुद्दाका विषयमा माओवादी घटकले सार्वजनिक रुपमा आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका शिर्ष नेताहरु तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहने बताइएको छ । सोहि घटकले फागुन ३० गते पनि द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित विषयमा सरोकारवाला पक्षसँग अन्तरक्रिया कार्यक्रम गर्ने समेत बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीहरु तथा विचार मिल्ने पार्टीहरुबीच पहिलो चरणमा समाजवादी मोर्चा बनाएर अगाडि बढ्ने र कम्युनिष्टहरुको बृहत्तर एकताका लागि छलफल र बहस सुरु गरिने बताउँदै आएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने–‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन् । शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिको सहकार्य र एकता जरूरी छ ।’

वि.सं.२०७९ फागुन २८ आइतवार ०९:०६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...