back
CTIZAN AD

युएईविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

वि.सं.२०७९ फागुन २८ आइतवार

900 

shares

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई) विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । यससँगै युएईले अब सुरुआतमा फिल्डिङ गर्ने भएको छ । आजको खेलमा करण केसी र ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखिएको छ । उनीहरूको स्थानमा ललितनारायण राजवंशी र गुलशन झा समावेश छन् ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, गुलशन झा, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, ललितनारायण राजवंशी र सोमपाल कामी छन् ।

घरेलु मैदानमा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो । नेपाल आजको खेलमा पनि जित हासिल गर्न चाहन्छ । यता युएई पहिलो खेलमा पपुवा न्यूगिनीसँग पराजित भएको थियो । युएई पनि पहिलो जितको खोजीमा रहेको छ ।

सात राष्ट्र सम्मिलित विश्वकप लिग–२ मा नेपाल अङ्कतालिकाको पाँचौँ स्थानमा रहेको छ भने युएई छैटौं स्थानमा छ ।

 

वि.सं.२०७९ फागुन २८ आइतवार ११:३६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...