back
CTIZAN AD

तोकिएको समयभित्र भुक्तानीका लागि सम्पर्क गर्न बीमा कम्पनीको आग्रह

वि.सं.२०७९ फागुन २८ आइतवार

888 

shares

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले तोकिएको समयभित्र बीमा भुक्तानीका लागि सम्पर्कमा आउन अनुरोध गरेको छ ।

बीमा कम्पनीले आफ्नो कारोबारका क्रममा बीमा दावी भुक्तानी गर्नुपर्ने रकम बाहेक कुनै पनि रकम भुक्तानी गर्न कुनै पनि बाँकी बक्यौता नराखेको बताउँदै कुनै पनि व्यवसाय, संघ संस्थाहरुसमेतलाई रकम भुक्तानी बाँकी रहेको भए ३५ दिनभित्र कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

‘कुनै व्यत्ति, संघ, संस्थासमेतलाई व्यवसायका सिलसिलामा बीमा दाबी बापत बाहेकका मिति २०७९ आषाढ मसान्तसम्मको कुनै रकम भुक्तानी गर्न बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र के कति र के बापतको रकम भुक्तानी हुन बाँकी रहेको हो सोको सक्कलै प्रमाण, कागजात सहित यस कम्पनीको प्रमुख कार्यकारी अधिकृतको सचिवालय केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौंमा भुक्तानी माग गर्न आउनुहोला ।’ कम्पनीद्वारा जारी सूचनामा भनिएको छ ।

कम्पनीले तोकिएको म्यादभित्र भुक्तानीका लागि माग नआएमा वा रीत नपुगी आएमा भुक्तानी नहुने र भविष्यमा समेत यस्तो माग दावी उपर कुनै कारबाही नहुने व्यहोरा समेत जनाएको छ ।

 

 

वि.सं.२०७९ फागुन २८ आइतवार ११:५४ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...