back
CTIZAN AD

आइसीसी लिग–२ : युएईलाई हराउँदै नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

वि.सं.२०७९ फागुन २८ आइतवार

834 

shares

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराउँदै नेपालले एकदिवसीय मान्यता कायमै राखेको हो । यो जितसँगै नेपालले थप चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित राखेको हो ।

नेपालले सन् २०१८ मा पहिलो पटक क्रिकेटमा एकदिवसीय मान्यता पाएको थियो । हाल जारी लिग–२ को शीर्ष पाँच स्थानसम्म कायमै रहने राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एकदिवसीय मान्यता दिने प्रावधान छ ।
आजको जितसँगै नेपाल सात राष्ट्र सम्मिलित लिग–२ को चौथौ स्थानमा उक्लेको छ । नेपालले लिग–२ मा अब दुई खेल खेल्न बाँकी छ । जारी शृङ्खलामा हालसम्म नेपालले ३४ खेलबाट ३६ अङ्क जोडेको छ । युएईले समान खेलमा ३१ अङ्क बनाएको छ । युएई लि–२ को छैटौँ स्थानमा छ । उसले पनि अब दुई खेल्न बाँकी छ । यस्तै पपुवा न्युगिनी लिग–२ को पुछारमा छ । लिग–२ का यि तीन राष्ट्रसँगै स्कटल्याण्ड, ओमान, नामिबिया र अमेरिका समेत रहेका छन् ।

आजको खेलमा नेपालको घातक बलिङसामु युएईका ब्याटर निरीह साबित भए । जितका लागि नेपालले दुई सय ४९ रनको लक्ष्य दिएकामा युएईको पारी ७१ रनमै ध्वस्त भयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

नेपालले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनाएको थियो । नेपालले २२ रन बनाउँदा तीन विकेट गुमाइसकेको अवस्थामा कप्तान रोहितकुमार पौडेलले पारी सम्हालेका थिए । उनले ११२ बल खेल्ने क्रममा नौ चौकासहित ७७ रन बनाए । पौडेल आजको खेलमा प्लेयर अफ द म्याचसमेत घोषित भए ।

यस्तै, आरिफ शेखले ५२ बल खेल्दै ४३, गुल्सन झाले ३१ बलमा ३७, दीपेन्द्रसिंह ऐरीले १९ बलमा ३४ रन र भीम सार्कीले ३७ बल खैल्दै २९ रन बनाए । बलिङतर्फ यूएईका लागि आयान अफजल खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई÷दुई तथा आर्यन लाक्रा र जुनैद सिद्धिकीले एक÷एक विकेट लिए ।

दुई सय ४९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा यूएईले २२ दबमलव पाँच ओभरमा आफ्ना सबै विकेट गुमाउन पुग्यो । युएईले आठ रन बनाउँदा चार विकेट गुमाएको थियो । उसका लागि आयान अफजल खानले सर्वाधिक २९ रन बनाए । यस्तै अशवान्थ वल्थपाले १४ तथा कार्तिक मैयाप्प्नले अविजित ११ रन बनाए ।

युएईलाई न्यून रनको योगफलमा समेट्न नेपालका ललितनारायण राजवंशीले महत्वपूर्ण भूमिका निभाए । उनले सात दशमलव पाँच ओभर बलिङ गर्ने क्रममा दुई मेडन राख्दै २० रन खर्चेर पाँच विकेट लिए । यस्तै सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए । यसैगरी सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले एक÷एक विकेट लिए ।

वि.सं.२०७९ फागुन २८ आइतवार १६:४१ मा प्रकाशित

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत ।  बिहादी गाउँपालिका–१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...