back
CTIZAN AD

आयोगद्वारा उपराष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली सार्वजनिक

वि.सं.२०७९ फागुन २८ आइतवार

729 

shares

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली सार्वजनिक गरेको छ ।

आयोगले आइतबार अपरान्ह सार्वजनिक गरेको नामावलीमा शनिबार उपराष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका चारैजनाको नाम सार्वजनिक गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा २३ अनुसार उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । जसमा जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएका नेता रामसहाय यादव, नेतृ प्रमिला यादव, एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेतृ ममता झाको नाम समावेश छ ।

यसअघि शनिबार एमाले र जनमतबाट उपराष्ट्रपति पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका नेतृद्वय शाक्य र झाले जसपाका रामसहाय यादव विरुद्ध उजुरी दिएका थिए । शाक्य र झाद्वयले दिएको उजुरीमा यादवको उम्मेदवारी संविधान विपरित रहेको उल्लेख थियो ।

उक्त उजुरीमा निर्वाचन अधिकृतको कार्यालयले आइतबार सहायको उम्मेदवारी कायम रहने निर्णय गरेपछि आज चारैजना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

जसपाको फागुन २५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जसपाका संसदीय दलका नेता यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । यद्यपी आयोगले संविधान अनुसार उपराष्ट्रपतिमा खस आर्य समुदायबाट पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति फरक लिङ्ग र समुदायको हुनुपर्ने सूचना जारी गरेपछि जसपाले महिला उम्मेदवारको रुपमा प्रमिला यादवलाई उपराष्ट्रपतिको उम्मेदवार वनाएको हो ।

सत्ता साझेदार दलबीच सहमतिमै उपराष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने प्रयत्न भइरहेको बताइएको छ ।

वि.सं.२०७९ फागुन २८ आइतवार २१:४८ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...