Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

सिन्धुली बस दुर्घटनामा मृत्यु हुने सबैको परिचय खुल्यो



कमलामाई, सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभिरमा आज भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगाका पाँच र उदयपुरका एकजना छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मुत्यु हुनेहरूमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय पेशल भुजेल, सिद्धिचरण नगरपालिका–५ बस्ने ३२ वर्षीया जोसना राई, सोही ठाउँकी ४० वर्षीया राधा भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की, चिशङ्खुगढी गाउँपालिका–४ बस्ने २६ वर्षीय सञ्जित राई र उदयपुरको कटारी नगरपालिका–२ बस्ने ३४ वर्षीया कुमारी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

ओखलढुङ्गाका पाँचै जना मृतकको शवपरीक्षणका लागि ओखलढुङ्गा लगिएको र उदयपुरका एकजनाको शव सिन्धुली अस्पताल ल्याइएको सिलवालले जानकारी दिए । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नंको बसमा चालकसहित ३६ जना सवार थिए । तीनजना गम्भीरसहित घाइते १६ जनालाई उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक सिलवालको भनाइ छ ।

घाइते आठजनालाई हेलिकप्टर र आठजनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडाँै पठाइएको हो । सामान्य घाइते रहेका १४ जनाको स्थानीय अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बस ब्रेक फेल भएर अन्यन्त्रित भई भित्तामा ठोकिन पुग्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम