back
CTIZAN AD

सिन्धुली बस दुर्घटनामा मृत्यु हुने सबैको परिचय खुल्यो

वि.सं.२०७९ फागुन २८ आइतवार

723 

shares

कमलामाई, सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभिरमा आज भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगाका पाँच र उदयपुरका एकजना छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मुत्यु हुनेहरूमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय पेशल भुजेल, सिद्धिचरण नगरपालिका–५ बस्ने ३२ वर्षीया जोसना राई, सोही ठाउँकी ४० वर्षीया राधा भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की, चिशङ्खुगढी गाउँपालिका–४ बस्ने २६ वर्षीय सञ्जित राई र उदयपुरको कटारी नगरपालिका–२ बस्ने ३४ वर्षीया कुमारी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

ओखलढुङ्गाका पाँचै जना मृतकको शवपरीक्षणका लागि ओखलढुङ्गा लगिएको र उदयपुरका एकजनाको शव सिन्धुली अस्पताल ल्याइएको सिलवालले जानकारी दिए । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नंको बसमा चालकसहित ३६ जना सवार थिए । तीनजना गम्भीरसहित घाइते १६ जनालाई उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक सिलवालको भनाइ छ ।

घाइते आठजनालाई हेलिकप्टर र आठजनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडाँै पठाइएको हो । सामान्य घाइते रहेका १४ जनाको स्थानीय अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बस ब्रेक फेल भएर अन्यन्त्रित भई भित्तामा ठोकिन पुग्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०७९ फागुन २८ आइतवार २१:२६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...