back
CTIZAN AD

आफ्नै ज्यान जोखिममा पारेर गर्भपतन गराउने क्रम बढ्दो

वि.सं.२०७९ चैत ३ शुक्रवार

765 

shares

ढोरपाटन । अहिले बजारका औषधि पसलमा गर्भपतन गराउने औषधि छ्याप्छ्प्ती पाइन्छन् । कानुनतः सरकारले अनुमति दिएका औषधि पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधि बेच्न पाउने हो । तर धेरै निजी अस्पतालले जथाभावीरूपमा यस्ता औषधि बेच्ने गरेका छन् ।

पछिल्लो समय असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण गर्भपतन गराउने क्रम बढ्दो छ । बागलुङमा गर्भपतन गराउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा पाँच सय ७६ जनाले गर्भपतन गराएका थिए । बीस वर्षमुनिका छ जना छन् भने त्यसभन्दा माथिका पाँच सय ७० छन् । आव २०७७÷७८ मा छ सय ९८ जनाले गर्भपतन गराएका थिए । चार जना २० वर्षमुनिका छन् । आव २०७८÷७९ मा छ सय ९१ जनाले गर्भपतन गराएको तथ्याङ्क छ ।

चालु आवको आठ महिनामा २० वर्षमुनिका एकसहित चार सय ८१ जनाले गर्भपतन गराएका छन् । अवैध सम्बन्ध राखेकाले नै बढीजसो गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । सरकारी स्वास्थ्य संस्थामा भन्दा निजी क्लिनिकमा गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक छ । ढोरपाटन नगरपालिका–१ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चालु आवको हालसम्म एक सय ८६ जनाले गर्भपतन गराएका छन् ।

स्वास्थ्य केन्द्रका कप्रमुख डा निरज सुवेदी अविवाहित र बैबाहिक जीवनमा खटपट भएकाहरु बढीजसो गर्भपतन गराउन आउने गरेको बताउछन्् । महिला–पुरुष दुवैले यौन सम्पर्ककाा बेला स्थायी तथा अस्थायी साधान प्रयोग नगर्दा यस्तो समस्या बढेको उनकोे भनाइ छ । “उमेर पुगेका महिलादेखि किशोरी पनि गर्भपतन गराउन आउछन् ”, डा सुवेदीले भने, “यो तथ्याङ्क अस्पतालमा आएर सुरक्षितरूपमा गर्भपतन गराएकाहरूको हो, यसबाहेक बाहिर असुरक्षित गर्भपतन गराउने पनि छन्, लाज र डरले गर्दा उनीहरू अस्पताल आउँदैनन् ।”

गलकोट नगर अस्पतालमा पनि गर्भपतन गराउनेको सङ्ख्या बढी रहेको पाइएको छ । नगर अस्पतालका प्रमुख डा राजेश पौडेलका अनुसार आव २०७८÷७९ मा ४० जनाले गर्भपतन गराएकामा चालु आवको हालसम्म ५० जनाले सुरक्षितरुपमा गर्भपतन गराएका छन् । बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल पछिल्लो समय दुईभन्दा बढी सन्तान जन्माउन छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढेको बताउछन् । स्वास्थ्य संस्थामा सुरक्षितरूपमा गर्भपतन हुन्छ भन्ने महिलाको चेतना वृद्धि भएपछि वार्षिकरूपमा केही सङ्ख्या बढ्नु स्वभाविक भएको उनकोे भनाइ छ ।

प्रमुख खनाल भन्छन् , “अहिले धेरै बच्चा जन्माउन चाहँदैनन्, छोराको चाहाना धेरैले राख्छन्, छोरी–छोरी भए भने पनि उनीहरूले छोराका लागि प्रयास गर्ने र फेरि छोरी हुने देखिएपछि गर्भपतन गराउने गरेको पाइन्छ ।” धवलागिरि अस्पतालमा पनि गर्भपतन गराउनेको सङ्ख्या बढी छ । अघिल्लो आवमा तीन सय ४५ जनाले गर्भपतन गराएका थिए । त्यसमध्ये ४८ महिलाको जटिल किसिमले गर्भपतन गराएको अस्पतालका सूचना अधिकारी अञ्जना पौडलले बताए । चालु आवको हालसम्म दुई सय ६० महिलाले गर्भपतन गराएको उनकोे भनाइ छ । त्यसमध्ये १५ जनाको जटिल किसिमले गर्भपतन भएको पौडेलले बताए ।

बजारमा केही स्वास्थ्य संस्थाले अनुमति नलिई असुरक्षित गर्भपतन गराउने र औषधि बेच्ने गरेको पाइन्छ । यसले महिलाको स्वास्थ्यमा ठूलो असर गर्ने स्वास्थ्यकर्मीको भनाइ छ । कतिपय महिलाले पटक–पटक गर्भपतन गराउनेसमेत गरेका छन् । यसले स्वास्थ्यमा असर पु¥याउनुका साथै अर्को पटक बच्चा नबस्ने जोखिम हुने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सुवेदी बताउछन् ।

धेरैपटक गर्भपतन गर्दा रगत बढी बगेर ज्यान जाने सम्भवनासमेत हुन्छ भने गर्भ पाठेघरभन्दा बाहिर बस्ने र ठूलै शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । डा सुवेदी भन्छन्, “गर्भपतन महिलाको स्वास्थ्यसँग जोडिएको हुन्छ, यो आपत्कालीन अवस्थामा मात्रै गर्नुपर्छ, गर्भपतन नर्गनका लागि शारीरिक सम्पर्कका बेला स्थायी तथा अस्थायी साधान प्रयोग गर्नु नै राम्रो हुन्छ, यति सजहता अपनाइयो भने समस्या हुँदैन ।”

वि.सं.२०७९ चैत ३ शुक्रवार १२:०३ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...