back
CTIZAN AD

रास्वपाले तीनवटै क्षेत्रमा हुने उपनिर्वाचनमा गठबन्धन विना नै चुनाव लड्ने

वि.सं.२०७९ चैत ११ शनिवार

873 

shares

काठमाडौं । आगमी बैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कसैसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको छ ।

सो पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले बैशाख १० गते हुने तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनमा गठबन्धन विना नै निर्वाचनमा भागलिने निर्णय गरेको छ ।

बैठकले तीनवटै क्षेत्रमा तनहुँमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल र बारामा केन्द्रीय सदस्य गणेश कार्कीको नेतृत्वमा निर्वाचन परिचालन समिति समेत बनाएको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तनहुँ १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट जनता समाजवादी पार्टीबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएको तथा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रवी लामिछाने नागरिकता विवादमा परेका कारण ती तीन क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

वि.सं.२०७९ चैत ११ शनिवार १०:३८ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...