back
CTIZAN AD

चलचित्र बोर्डको सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त

वि.सं.२०७९ चैत ११ शनिवार

897 

shares

काठमाडौँ । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् ।

रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त भएका छन् ।

शुक्रबार सदस्यको हैसियतले बोर्डमा पदभार ग्रहण गर्दै सदस्य अधिकारीले चलचित्र विकासका लागि काम गर्ने बताए । “पत्रकारिता र चलचित्र निर्माणबाट संगालेको अनुभवले यहाँ काम गर्नेछु, बाहिर हुँदा देखेको समस्यालाई समाधान गर्ने स्थानमा पुगेको छु”, सदस्य अधिकारीले भने । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई दुई वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल पत्रकार महासङ्घ दाङ शाखाका पूर्वअध्यक्षसमेत रहेका सदस्य बुढाथोकीले थारु भाषाको चलचित्र ‘भुइँयार’ र ‘लावाजुनी’को निर्देशन गरेका छन् । यस्तै चलचित्र पत्रकार सङ्घ नेपालको चितवन शाखाका निवर्तमान अध्यक्षसमेत रहेका अधिकारी विगत डेढ दशकदेखि मनोरञ्जन पत्रकारितामा सक्रिय छन्। अधिकारीले ‘पञ्चायत’ र ‘बाबु कान्छा’ निर्माण गरेका छन् । बोर्डमा अझै एक सदस्य र केन्द्रीय चलचित्र जाँच समितिमा तीन सदस्य नियुक्त हुन् बाँकी छ ।

वि.सं.२०७९ चैत ११ शनिवार १४:५८ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...