back
CTIZAN AD

जनप्रगतिशील मलेसियाको अध्यक्षमा प्रेम पाण्डे

वि.सं.२०७३ चैत २९ मंगलवार

735 

shares

prem-pande

नेपाली जनप्रगतिशील मलेसियाको अध्यक्षमा प्रेम पाण्डे चयन भएका छन् ।  उर्जामन्त्री  जनार्दन शर्मा प्रभाकर, मलेसियाका लागि नेपाली राजदूत  निरन्जनमान बस्न्यात,नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख युवराज चौलागाईँ र वाइसीयलका रामप्रसाद सापकोटा ‘दिपशीखा’ को आतिथ्यतामा सम्पन्न अधिबेशनले  पाण्डेलाई अध्यक्षमा चयन गर्दै उपाध्यक्षहरुमा  दिप लिम्बु, यज्ञराज ढुंगाना ‘सिद्धान्त’, पर्शुराम लुइँटेल, उपेन्द्र न्यौपाने, महासचिवमा अभिनास वाइबा तामाङ ‘विवस’ सचिवमा रुपक काफ्ले, सहसचिवमा शंकर राणा र कोषाध्यक्षमा धनबिर बुढालाई चयन गरेको छ । साथै मंचको सदस्यहरुमा मानविर पुजारा, प्रतीक तामाङ, सरराज उप्रेती,  मिमिक जनक मगर, दावा घिसीङ तामाङ, अन्जली  तामाङ, रमेश गुरुङ,  केशब चन्द, दिपक बि.क, सागर पहाडि,  दिपक  विषडंके,  वीर बहादुर  बुढा,  शैलेन्द्र खत्री, ज्ञानध्वज गोले, अर्जुन सिंह अनुराग, रंगमल रोकाया, टेक बहादुर कार्की, किरण बजगाईँ, अभिनास सुनुवार, लोक लामा तामाङ, दिपक सुनाखरी मगर, सुगम बुढा, अरजी  मगर र पर्वबाही शाही  चयन भएका छन् ।

त्यस्तै मंचको संरक्षकमा मुस्कान जाजरकोटी रहेका छन् भने सल्लाहकारमा रमेश तिवारी, कृष्ण  नेपाल, राजु ढुंगाना ‘प्रनिल’, कविराज कार्की,  दिपेश थापा,  तेज बहादुर कार्की रहेका छन् ।

अप्रिल १० का दिन सम्पन्न उक्त अधिबेशनमा  गैरआवासीय नेपाली संघ मलेसियाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि,  जातिय एवं सामाजिक संघसंस्था, बुद्धिजीवी, व्यवसायी, श्रमिक, पत्रकार लगायतको बाक्लो उपस्थििति रहेको थियो ।

वि.सं.२०७३ चैत २९ मंगलवार ०७:२० मा प्रकाशित