back
CTIZAN AD

तीन दलको बैठक : संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउने समझदारी

वि.सं.२०७९ चैत २८ मंगलवार

987 

shares

काठमाडौं । सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक सकिएको छ । सभामुखको समन्वयमा तीन दलबीच भएको बैठकमा सत्य निरूपण तथा मेलमिलाप (टिआरसी)लगायतका विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएअनुसार सत्य निरूपण तथा मेलमिलाप (टिआरसी)लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । उनका अनुसार नेताहरुबीच यस सन्दर्भमा नियमित छलफल गर्ने सहमति पनि भएको छ ।

साथै, तीन दलका नेताहरु संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व पनि सहमतिमा टुंगो लगाउन सहमत भएका छन् । विषय र प्रक्रियामा थप छलफलका लागि अर्को बैठक वैशाख १ गते बस्ने उनले बताए ।

सभामुख घिमिरेको निवासमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका तीन दलका नेता सहभागि थिए ।

वि.सं.२०७९ चैत २८ मंगलवार १२:०१ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...