back
CTIZAN AD

नेपाल–भारत जमुनाहा सीमानाका दुईदिन बन्द हुने

वि.सं.२०८० वैशाख १८ सोमवार

750 

shares

नेपालगञ्ज । नेपाल–भारत जमुनाहा सीमानाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो ।

मङ्गलबार राति १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म नाका पूर्णरुपमा बन्द गरिने जानकारी भारतीय सुरक्षा अधिकारीले दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताए । यसको जानकारी नेपाली सुरक्षा निकायलाई पनि हुने उनले उल्लेख गरे ।

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न लागिएको हो । त्यसक्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल, एसएसबीका स्थानीय अधिकारीबीच संयुक्त गस्तीका लागि छलफल भएको छ ।

नाका बन्द गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदननशीलताअनुसार काम गर्ने सहमति भएको छ । सीमा सिल गरिएको अवधिमा एम्बुलेन्स, बिहेजन्तीलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइने भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।

खुला सीमाका कारण अन्य नाकामा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमा कडाइ गरेको जनाएको छ ।

यसैगरी वैशाख १९ गतेबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमानाका बन्द हुँदै आएको छ ।

file photo

 

वि.सं.२०८० वैशाख १८ सोमवार ११:४८ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...