back
CTIZAN AD

१० बुँदे पार्टी एकतामा हस्ताक्षर गर्दै चार पार्टीबीच एकता घोषणासभा

वि.सं.२०८० वैशाख १८ सोमवार

795 

shares

मोरङ । नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच आज यहाँ पार्टी एकता घोषणासभाको आयोजना गरिएको छ ।

उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, समाजका संयोजक त्रिनारायण राजवंशी र अध्यक्ष दिनेशराज राजवंशी र अभियानका विनोद पाण्डेद्वारा १० बुँदे पार्टी एकतामा हस्ताक्षर गरेका छन् ।

भूमि व्यवस्थामन्त्री चौधरीले एकता घोषणासभाको उद्घाटन गर्दै यो पार्टी दमनको विरुद्धमा जन्मिएको बताए । उनले विगतमा सुदूरपश्चिमको टिकापुरमा भएको घटना मुलुकको अन्य ठाउँमा नहोस् भन्नका लागि हामी एकजुट हनुपर्नेमा जोड दिए । मन्त्री चौधरीले राजबन्दी रिहाइ र जनताको विकासप्रतिको चाहना पूरा गर्न निर्वाचनमा प्रतिस्पर्धा गरी सदन र सरकारमा सहभागी भएको प्रष्ट पारे ।

सङ्घीय लोकतान्त्रिक मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष एवि पण्डाक लिम्बू, उन्मुक्ति पार्टीका उपाध्यक्ष दामोदर पण्डित, कोचिला सङ्घर्ष समितिका अध्यक्ष चौधरी लगायतकाले पहिचानवादी एकजुट भई उत्पीडन, विभेद र पछाडि परेका जातजातिलाई माथि उठाउनुपर्नेमा जोड दिएका छन् ।

वि.सं.२०८० वैशाख १८ सोमवार २०:५५ मा प्रकाशित

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...