back
CTIZAN AD

कतारका नेपाली व्यवसायी र निर्यात व्यवसायी महासंघ नेपालबीच छलफल

वि.सं.२०८० वैशाख १९ मंगलवार

732 

shares

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल र नेपाल व्यवसायी संघ कतारबीच निर्यात प्रवद्र्धनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लाजिम्पाटस्थित सम्पदा गार्डेन होटलमा भएको कार्यक्रममा व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लागाई, महासचिव रमेश भट्टसहित ७ जनाको प्रतिनिधिमण्डललाई निर्यात व्यवसायी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष शंकरप्रसाद पाण्डेको टोलीले स्वागत गरेको थियो ।

सो अवसरमा कतार र नेपालबीचको बहुपक्षीय व्यापार वृद्धिका लागि छलफल भएको छ ।

कार्यक्रममा पाण्डेले नेपालको निर्यात व्यापारलाई कतारमा स्थापित गराउन आग्रह गर्दै आगामी दिनमा दुबै संस्थाले सहकार्य गरी नेपालका मौलिक वस्तुहरू कतारको बजारमा प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा चम्लागाईले कतारमा नेपाली वस्तुहरूको बजार विस्तार गर्न आफू लागिपर्ने, गत मार्चमा भएको एग्रो एक्स्पोमा निर्यात व्यवसायी महासंघको सहभागिताले धेरै कुरा बुझ्न पाएको बताउँदै आगामी अक्टोबरमा दोहामा अन्तर्राष्ट्रिय कतार एक्स्पो हुन गइरहेको र एक्स्पोका लागि नेपाल हाउस उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमा पहल गर्नुपर्ने तथा यसका लागि कतारस्थित नेपाली दूतावाससँग समन्वय गर्ने बताए ।

कतारमा नेपालीहरूको उल्लेख्य बसोबास भएकाले नेपाली वस्तुहरू, खाद्य वस्तुहरू, चिया, कफी, अदुवा, मसला, पस्मिना, गलैंचा, पानी, अग्रानिक तरकारी, बिक्री प्रवद्र्धन गर्न केही कानूनी मापदण्ड पूरा गरे बजार प्रवद्र्धन हुने र नेपालीले नेपाली वस्तुहरू प्रयोग गर्ने भएकाले नेपाली उद्योगी व्यवसासीहरुले सो अवसरलाई गुमाउनु नहुने कार्यक्रममा बताइयो । ढुवानीका लागि नेपाल सरकारमार्फत नेपाल एयरलाइन्सलाई सहुलियत दर प्रदान गर्न अनुरोध गर्ने द्विपक्षीय सहमति भएको छ ।

देव आनन्द सरावगीले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष गोविन्द घिमिरेले गत मार्चमा भएको कतार एग्रो एक्स्पो, २०२३ को उपलब्धी, दुवै संस्थाले नेपाल–कतारबीच निर्यात प्रवद्र्धन र आगामी दिनमा सहकार्य गर्न सकिने योजना तथा कार्यान्वयन गर्न सकिने एजेण्डा प्रस्तुत गरेका थिए ।

वि.सं.२०८० वैशाख १९ मंगलवार ०८:३८ मा प्रकाशित

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...