back
CTIZAN AD

युएईले दियो नेपाललाई एक सय १८ रनको चुनौती

वि.सं.२०८० वैशाख १९ मंगलवार

837 

shares

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १८ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले ३३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमा समेटियो ।

हिजो टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ विकेट गुमाउँदै एक सय छ रन बनाएको थियो । खेल वर्षाका कारणले रोकिएपछि आज हिजोकै ओभरबाट खेल सुरु भएको हो ।

युएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिए । नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलोपटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

 

वि.सं.२०८० वैशाख १९ मंगलवार ११:१० मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...