back
CTIZAN AD

भुटानी शरणार्थी प्रकरण : बादलका सुरक्षा सल्लाहकार पक्राउ

वि.सं.२०८० वैशाख १९ मंगलवार

921 

shares

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइने भन्दै ठगी गरेको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जनाएअनुसार मंगलबार बिहान राईलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै ठगी गरेको प्रकरणमा प्रहरीले पैसा असुल गर्ने समूहका केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेललाई पक्राउ गरिसकेको छ । प्रहरीले उनीहरुको बयानको आधारमा राईलाई पनि पक्राउ गरेको हो ।

बादल गृहमन्त्री हुँदा गृहमन्त्रालयबाटै पैसा असुल गर्ने गरेको कुरा बयानमा खुलेको प्रहरीले जनाएको छ । राईले विभिन्न चरणमा गरी पाँच करोडभन्दा बढी रकम असुल गरेको अन्यको बयानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईले सैन्य विज्ञानमा विद्यावारिधि गरेका छन् । उनी पहिलो संविधानसभाका सभासद हुन् । माओवादी आन्दोलनबाट आएका राई नेकपा विभाजनसँगै उनी रामबहादुर थापासँगै नेकपा एमाले प्रवेश गरेका थिए ।

यो गिरोहमा एमालेका महासचिव शंकर पोखरेलदेखि पूर्वउर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वपरराष्ट्रमन्त्री एवम् कांग्रेस नेतृ सुजाता कोइरालालगायत मुछिएका छन् ।

वि.सं.२०८० वैशाख १९ मंगलवार ११:४३ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...