back
CTIZAN AD

रवि लामिछानेका चालक दिलबहादुरको उपचारका क्रममा मृत्यु

वि.सं.२०८० वैशाख १९ मंगलवार

843 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको छ ।

अस्पताल श्रोतका अनुसार भेन्टिलेटरमा राखेर उपचार गराइएका ३९ वर्षीय थापाको मंगलबार दिउँसो २ बजेतिर मृत्यु भएको हो । उनको आजै पशुपतिमा लगेर अन्त्येष्टि गरिने पनि बताइएको छ ।

चितवनको भरतपुर महानगरपालिका ११ मा रहेको एक घरमा लामिछानेसँगै सँगै बसेका ३९ वर्षीय चालक थापा बैशाख ४ गते राति सोहि घरको तीनतलाबाट खसेर गम्भीर घाईते भएका थिए ।

सभापति लामिछानेको चुनावी प्रचारमा सँगै रहेका थापा बैशाख ४ गते राति ४ बजेतिर तीनतलाबाट खसेका थिए ।

उनलाई तत्कालै चितवन मेडिकल कलेजमा उपचार गराइएपनि केहीदिनपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

थापा बसेको कोठाबाट रक्सीको बोतलहरु बरामद भएको थियो । रक्सी खाएको नसामा हिड्दा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०८० वैशाख १९ मंगलवार १७:२३ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...