back
CTIZAN AD

शाओमी : ‘बाई लोकल बी लोकल’

वि.सं.२०८० वैशाख २० बुधवार

744 

shares

काठमाडौं । २०१८ मा पहिलोपटक शाओमी नेपालमा प्रवेश गरेको थियो ।

शाओमी नेपाली बजारमा प्रवेश गर्नुअघि नै प्रशंसकबाट आफ्ना उत्पादनहरुको ठूलो माग देखेको थियो । यसै कारणले आफ्नो लन्चसँगै शाओमीले स्मार्टफोन बजारमा एक महत्वपूर्ण सहभागीका रुपमा आफूलाई स्थापित गर्न सक्षम भयो ।

उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउने मिशन बोकेको शाओमीले सबैका लागि उचित मूल्यमा उच्चतम प्रविधि प्रदान गर्न केन्द्रित छ । शाओमीको यही दर्शनले नेपाली बजारमा यस ब्रान्डको द्रुत वृद्धि भएको देखिन्छ ।

विश्वव्यापी रुपमा विभिन्न माइलस्टोनहरु हासिल गरेको शाओमीले नेपालमा पनि थुप्रै असाधारण मापदण्डहरु चिह्नित गरेको छ ।

क्यू३ २०२० मा शाओमी नेपाली बजारमा पहिलोपटक नम्बर १ स्थानमा पुगेको थियो । सोही त्रैमासिकमा आईडीसीअनुसार नेपालमा बिक्री भएका शीर्ष १० स्मार्टफोनमध्ये ४ वटा शाओमीकै उपकरणहरु थिए । सोही गतिलाई निरन्तरता दिँदै शाओमीले क्यू४ २०२२ मा पुनः नम्बर १ स्मार्टफोन ब्रान्डको रुपमा छाएको थियो ।

एउटा ब्रान्डलाई निरन्तर बढ्दो प्रतिस्पर्धाको साथ बजारमा स्थापित गर्न र अगाडि बढ्न धेरै कुराको आवश्यकता पर्दछ । मोबाइल उद्योगको सुस्त वृद्धिलाई सम्बोधन गर्न शाओमी नेपालले पोकोफोन एफवानजस्ता उत्पादनहरुका लागि अनलाइन एक्सक्लुसिभ ल्यायो जसको साथै नेपाली बजारमा शाओमीले आफ्नो अनलाइन उपस्थिति जनाएको थियो । यसको अफलाइन खुद्रा साझेदारहरुमार्फत शाओमीले अफलाइन बजार पनि कभर गरेको थियो ।

शाओमीलाई नेपालमा लोकप्रिय बनाउने अन्य चीजहरुमध्ये शाओमी फ्यान कम्युनिटी, दर्शकहरुसँगको ब्रान्ड संलग्नता, हरेक मूल्य खण्डमा उत्कृष्ट उपकरण, ब्रान्ड वफादारी पर्दछ । यसको असाधारण मार्केटिङ रणनीति र दर्शकहरुसँग उच्च संलग्नताका कारण शाओमीलाई नेपालको स्थानीय उत्पादन पनि मानिन्छ ।

उचित मूल्यमा उच्च गुणस्तरको प्रविधि प्रदान गर्ने मिशनलाई शाओमीको उत्कृष्ट उत्पादनहरुले समर्थन गरेको छ । मिसन र भिजनलाई सुदृढ पार्न शाओमीले स्थानीय बजारका लागि उपयुक्त विभिन्न स्मार्टफोन, एक्सेसरिज र विभिन्न एआईओटी उत्पादनहरु लन्च गरेको छ । नेपालमा उपलब्ध फोनहरुमध्ये शाओमीको रेडमी नोट सिरिज र रेडमी नम्बर सिरिज सबैभन्दा लोकप्रिय रहेका छन् ।

शाओमीको पछिल्ला लन्चहरु जस्तै– रेडमी १२सी, रेडमी नोट १२ र रेडमी नोट १२प्रो पनि नेपालमा निकै लोकप्रिय मानिन्छ । रेडमी १२सीमा रहेको ५००० एमएएच ब्याट्री प्याकले उपभोक्तालाई कुनै झनजट बिना लामो समयसम्म खेल खेल्न, गीतहरु सुन्न, चलचित्रहरु हेर्न र अन्य थप कुराहरुको आनन्द लिन सक्षयम बनाउँछ । युवाहरुमाझ यो सबैभन्दा लोकप्रिय बजेट फोन हो । रेडमी नोट १२ र रेडमी नोट प्रो ५जी दुवै साधारण डिजाइनका छन्। मध्य–दायरा फोनहरुमा उच्च स्पेक्सको कारण यो नेपालको सन्दर्भमा सबैभन्दा लोकप्रिय मिड–टियर फोन पनि हो ।

समाजको उन्नतिका लागि केही गर्नुपर्छ भन्ने शाओमी नेपालको दृढ विश्वासी रहेको छ। शाओमीले आफ्नो सञ्चालन भएको समुदायको सेवा गर्न धेरै कल्याणकारी गतिविधिहरु गर्दै आएको छ । डीएसए (अपांग विद्यार्थी संघ) का विद्यार्थीलाई आत्मनिर्भर बन्न मद्दत गर्न विद्यालय आपूर्ति र शैक्षिक सामग्री वितरण गर्नु शाओमी नेपालको सबैभन्दा उल्लेखनीय सीएसआर गतिविधिहरुमध्ये एक हो ।

भर्खरै कम्पनीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी जस्ता अनाथालयहरुसँग सहकार्य गरेको छ। शाओमीले आफ्नो ‘मी–सन शिक्षा हरेक हातमा’ अन्तर्गत बालबालिकाको कल्याणका लागि विभिन्न उपहारहरु वितरण गरेको थियो । शाओमीले भर्खरै एयर फ्रायर, मोशन लाइट सेन्सर, टीडब्ल्यूएस इयरफोन, स्मार्ट टीभी, एयर प्युरिफायर र ल्यापटपहरु लगायत धेरै उत्पादनहरु लन्च गरेको छ । जुन आकर्षक डिजाइन र गुणस्तरीय हार्डवेयरको प्रयोगका कारण निकै लोकप्रिय मनिन्छन् ।

शाओमीले सधैँ नवीनतम प्रविधि, उच्च गुणस्तरको हार्डवेयर र उत्कृष्ट डिजाइन मार्फत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गरेको छ । आफ्ना उत्पादनहरु देशभर वितरण गर्न आफ्नै आधिकारिक स्टोरहरु खोल्नुको साथै आफ्ना ग्राहकहरुको खुसी सुनिश्चित गर्न नेपालभर आफ्नै सेवा केन्द्रहरु खोलेको छ ।

वि.सं.२०८० वैशाख २० बुधवार ०८:११ मा प्रकाशित

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...