back
CTIZAN AD

प्रचण्डप्रति किन रुष्ट भए माधव ?

वि.सं.२०८० वैशाख २० बुधवार

705 

shares

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश पोखेका छन् । मंगलबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले “प्रचण्डको व्यवहार नसच्चिए गठबन्धन नै तोडिनसक्ने” समेत चेतावनी दिए ।

उनले विशेषतः कर्णाली प्रदेशमा आफ्नो पार्टीलाई बाहिर राखेर सरकार बनाएकोमा आक्रोश पोखेका छन् । “कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ, सरकारमा एकलौटी गर्न खोजिएको छ, यो राम्रो होइन”, उनले चेतावनीपूर्ण भाषामा भनेका छन्, “गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ, यसले गठबन्धन धरापमा पार्न सक्छ ।”

तर, ४० सदस्यीय कर्णाली प्रदेशसभामा एकीकृत समाजवादीको हैसियत नगन्य बराबर छ । जहाँ एकीकृत समाजवादीसँग एक जना मात्रै सांसद कल्याणी खड्का छिन् ।

प्रदेशसभामा कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार गठन गरेका छन् । जहाँ दुई दल मिल्दा नै सहज बहुमतको अवस्था छ । जहाँ कांग्रेससँग १४ सांसद छन् भने माओवादी केन्द्रसँग १३ सांसद छन् । दुई मिल्दा २७ सांसद पुग्छ । जुन बहुमतभन्दा बढी हो ।

यस्तोमा एकीकृत समाजवादीले एक जना सांसद भएपनि सरकारमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने माग राखेको राखिरहेको छ । खड्कालाई पनि मन्त्री बनाउनुपर्ने माग एकीकृत समाजवादीको छ । तर, सत्ता साझेदार मुख्य दल एकीकृत समाजवादीलाई मन्त्री दिन तयार छैनन् । जसको कारण अध्यक्ष माधव नेपालले प्रचण्डविरुद्ध आक्रोश पोखेका हुन् ।

वि.सं.२०८० वैशाख २० बुधवार १२:०४ मा प्रकाशित

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...