काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको हो ।
तर, पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी फरार भएका छन् । पक्राउ परेका अन्य आरोपितको बयानको आधारमा प्रहरीले उनीहरुमाथि छानबिन गरेको थियो । जसका आधारमा केही तथ्य भेटिएपछि अदालतमार्फत पक्राउ पुर्जी लिएको हो ।
प्रहरीले जनाएअनुसार ठगीमा पीडित बनेका आरोपितहरुको खातामा रकम जम्मा गरिदिएको भेटिएको छ । पक्राउ पुर्जी जारी भएका तिनै जना सहकारी सञ्चालक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले यसअघि घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेसहित ८ जनालाई अनुसन्धानका लागि हिरासतमा राखेको छ। पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापालगायतका फरार भएका छन् ।
वि.सं.२०८० वैशाख २२ शुक्रवार १२:४० मा प्रकाशित






























