back
CTIZAN AD

के कर्मचारीलाई तलब, पेन्सन खुवाउन सरकारलाई समस्या परेकाे हो ?

वि.सं.२०८० वैशाख २२ शुक्रवार

675 

shares

काठमाडाैं । सेवा निवृत्त शिक्षकहरूले पेन्सन पाउन नसकिरहेको गुनासो नेपाल शिक्षक संघमा देशका विभिन्न ठाउँबाट आउन थालेको सङ्घका अधिकारीहरूले बताएका छन्। “अवकाशप्राप्त शिक्षकहरूले दुई महिनादेखि पेन्सन नपाएको कुरा हामीकहाँ आएको छ,” नेपाल शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष मेघनाथ यादवले भनेका छन् ।

संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष एमपी पौडेलका अनुसार ‘विभिन्न बहाना’ मा पछिल्लो समय कतैकतै शिक्षकको तलबमा समेत ढिलाइ गर्न थालिएको छ। “आर्थिक समस्याको नाममा, परिषद्‌ नभएको बहानामा तलब दिन ढिलाइ गर्न थालिएको शिक्षक साथीहरूले भन्दै हुनुहुन्छ,” अहिलेको समस्याबारे उनले भने।

“बहालवाला शिक्षकहरूले पाउने तलब र सेवानिवृत्तहरूले पाउने पेन्सनमा देखिएको समस्याबारे हामी काठमाण्डूमा धर्ना दिने योजनामा पनि छौँ,” पौडेलले थपे।

अर्थ मन्त्रालय के भन्छ ?

शिक्षकसहित कतिपय कर्मचारीले नियमित तलब, पेन्सन पाउन नसकिरहेका भन्ने विवरण आइरहँदा अर्थ मन्त्रालयका अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका छन्। बहालवाला कर्मचारीलाई तलब र सेवानिवृत्तलाई पेन्सन खुवाउनै नसक्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए ।

प्रस्तुत छ सो विषयमा प्रवक्ता शर्मासँग गरिएको कुराकानीको सम्पादित अंशः

प्रश्नः के अहिले शिक्षक, सेना, प्रहरी लगायतको तलब र पेन्सन रोकिएको हो?

उत्तरः कुनै पनि सामाजिक सुरक्षा भत्ताहरू रोकिएको छैन। वितरण गर्ने प्रक्रियामा केही अप्ठ्यारो, केही ढिलासुस्ती भएको हुनसक्छ। अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन गर्ने हिसाबले कुनै पनि सामाजिक सुरक्षाका ‘स्किम’लाई हटाएको अथवा स्थगित गरेको छैन। शिक्षकको पेन्सन अथवा सेना, प्रहरीलाई दिइने पेन्सन ढिलो भयो भन्ने जुन कुरा बाहिर आएका छन् त्यसमा केही प्रक्रियागत ढिलाइ हुन गएको थियो। यद्यपि हामीले शिक्षक र सुरक्षाकर्मीका पेन्सनका लागि आवश्यक बजेट निकासा गरिसकेका छौँ। उहाँहरू त्यो वितरण गर्ने क्रममा हुनुहुन्छ। अहिले राजश्वमा कमी आएर ढिलो गर्न खोजेको होइन। नियमित प्रक्रियामा ढिलाइ भएर हो। अन्यथा रोक्ने मनसायले हामीले कुनै निर्णय गरेको होइन।

प्रश्नः सरकारी ढुकुटीमा परेको दबावका कारण तपाईँहरूले समयमै निकासा गर्न नसकेको हो?

उत्तरः त्यस्तो होइन। अहिले पनि सरकारले निर्वाध रूपमा अनिवार्य दायित्वको खर्चहरूको भुक्तानी गरिरहेको छ। त्यो पैसा पनि गइसकेको छ। शिक्षक, कर्मचारीहरूको तलब, पेन्सन नियमानुसार अब वितरण हुन्छ।

प्रश्नः चालु आर्थिक वर्षको बजेटमा पर्याप्त रकम नछुट्ट्याइएकोले रकमान्तर गरेर तलब, पेन्सन खुवाउनुपर्ने अवस्था आएको हो?

उत्तरः जेठ १५ गते हाम्रो वार्षिक बजेट आउँछ त्यसको केही अगाडि मात्र हामीले तलब वृद्धिको निर्णय गरेका हुन्छौँ। त्यसले गर्दा मन्त्रालयहरूलाई पठाएको बजेटमा त्यो रकम थपिएको हुँदैन। त्यो रकम चाहिँ विनियोजन भइसकेको हुँदैन। एकमुष्ट रूपमा अर्थ मन्त्रालयमा त्यो रकम व्यवस्था गरी राखिएको हुन्छ। खर्चका आधारमा जति नपुग हुन्छ त्यसअनुसार माग आउँछ र अर्थ मन्त्रालयले पठाउँछ। यो सधैँको प्रक्रिया हो, कुनै नयाँ विषय चाहिँ होइन। बीबीसीबाट

वि.सं.२०८० वैशाख २२ शुक्रवार १३:२४ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...