काठमाडौं । संखुवासभामा समान बोकेर गएको सिम्रिक एयरको जहाज दुर्घटना भएको छ ।
काठमाडौंबाट अरुण तेस्रोको सामान बोकेर गइरहेको उक्त जहाज संखुवासभाको भोटेखोलामा दुर्घटना भएको बताईएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार भोटेखोला गाउँपालिका वडा नं ४ को सिप्रुङमा भएको उक्त हेलिकप्टर के कारणले दुर्घटनामा परेको हो र त्यसमा कतिजना सवार थिए भन्ने विस्तृत विवरण आइसकेको छैन ।
उनले दुर्घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको जानकारी दिएका छन् ।तस्बिर : वाङछेदर लामा
वि.सं.२०८० वैशाख २२ शुक्रवार १४:०१ मा प्रकाशित






























