back
CTIZAN AD

अमेरिकामा कार दुर्घटनामा परि एक नेपाली महिलाको मृत्यु

वि.सं.२०८० वैशाख २३ शनिवार

1K 

shares

काठमाडौं । अमेरिकामा आफैले चलाएको कार दुर्घटनामा परि एक नेपाली महिलाको मृत्यु भएको छ ।

बिहीबार अमेरिकाको टेक्सासमा भएको उक्त दुर्घटनामा ४६ वर्षीया प्रमिला सुवेदीको मृत्यु भएको हो ।

छोरालाई विश्वविद्यालय पुर्याउन गएकी प्रमिलाको गाडीलाई फर्किने क्रममा रक्डेल सिटि नजिकै ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

प्रमिला नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाकी छोरी तथा विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाकी दिदी हुन् ।

झण्डै दुई दशक देखि श्रीमान र दुई छोरासँग अमेरिका बस्दै आएकी प्रमिला गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) को अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी पत्नी हुन् ।

उनको निधनले अमेरिकाका नेपालीलाई स्तब्ध बनाएको भन्दै धेरैले सामाजिक संजालबाट दुःख व्यक्त गरेका छन् ।

 

वि.सं.२०८० वैशाख २३ शनिवार ०८:४२ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...