back
CTIZAN AD

गजल

वि.सं.२०८० वैशाख २३ शनिवार

1K 

shares

भुपाल बहादुर अधिकारी
बिराटनगर – ६, रामपुर

हुन्नौ तिमी मेरो त्यो घर साच्चै सडक हुन्छ
जीवन अझै बुझ्दै गएँ धेरै फरक हुन्छ

नौला नयाँ के के कुरा देखे हिजो अस्ति
आँखाहरु छल्ने कयौँ यस्ता चटक हुन्छ

तिम्रो मनै घुम्छन कतै राम्रा कुरा खोज्दै
गर्ने भए माया सधैं बेग्लै छनक हुन्छ

फूल्ने सबै ती फूलका बास्ना कहाँ होला
त्यो प्यारमा पर्दा तिमी छुट्टै महक हुन्छ

आँए भयो बाटो भुली जानेहरू फेरि
फोटोहरु देख्दा सधैं तिम्रो झलक हुन्छ

बहर : रजज महजुज
अर्कान :२२१२ २२१२ २२१२ २२

 

वि.सं.२०८० वैशाख २३ शनिवार ०८:५० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...