काठमाडौं । मुख्य तीन दलका नेतृत्वबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सिंहदरबारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएअनुसार नेताहरुबीच अहिले छलफल जारी छ । बैठक यसअघिकै बैठकको निरन्तरता भएको उनले बताएका छन् । बैठकमा टीआरसीलगायतका एजेण्डा परेको उनले बताए ।
बुधबारमात्रै नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका थिए ।
खाँण पक्राउ परेको घटनाका बीच तीन शीर्ष नेताबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ । बैठकमा नक्कली शरणार्थी प्रकरणमाथि पनि छलफल हुने आकंलन गर्न सकिन्छ ।
वि.सं.२०८० वैशाख २७ बुधवार १५:३३ मा प्रकाशित






























