Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

शिक्षकले परीक्षा हलबाट निकालिदिएपछि विद्यार्थीद्वारा आत्महत्या



काठमाडौं । परीक्षा दिइरहेको अवस्थामा शिक्षकले निकालिदिएपछि एक विद्यार्थीले आत्महत्या गरेकी छन् ।

बुधबार चितवन मेडिकल कलेजमा बीडिएस चौथो वर्ष पहिलो सत्रको परीक्षा दिइरहेको अवस्थामा शिक्षकले जर्बजस्ती परीक्षा हलबाट निकालिदिएपछि सिम्रन थापाले आफनै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

‘चितवन मेडिकल कलेजमा बिडिएस चौथो वर्षको पहिलो सत्रकी विद्यार्थी सिम्रन थापाले आन्तरिक परीक्षा दिइरहेका बेला परीक्षा हलबाट सो परीक्षामा सम्मिलित शिक्षकले जर्बजस्ती मानसिक तनाव दिइ निकालेको र तत् पश्चात उनले आफ्नै कोठामा गई आत्महत्या गरेको हुँदा दोषीलाई छानबिन गरी कडाभन्दा कडा कारबाहीको माग गर्दछौं ।’ चितवन मेडिकल कलेजका विद्यार्थी संघर्ष समितिद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

संघर्ष समितिले दोषीलाई कारबाही र पीडितलाई न्याय नदिएसम्म चितवन मेडिकल कलेजको सम्पूर्ण ओपिडी सेवा अनिश्चित कालका लागि बन्द रहेको र यसबाट बिरामीमा पर्न गएको असुविधाप्रति क्षमापार्थी रहेको बताएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।