back
CTIZAN AD

‘राम्रो भयो भाग्यमानी, नराम्रो भयो अभागी’

वि.सं.२०८० जेठ १७ बुधवार

711 

shares

जानकी । बाँकेको जानकी–२ भैयापुरकी सोनु सुनारका श्रीमान् मलेसिया गएको २० वर्ष भएको छ । यस अवधिमा उनी दुईपटक मात्र घर खाए । यही बीचमा उनका दुई छोरा जन्मिएका छन् । सुत्केरी हुँदा सुनारले श्रीमान्को माया र साथ पाइनन् । सुत्केरी व्यथा लागेर छट्पटाउँदा होस् या दुःखसुखमा सुनारले श्रीमान्लाई निकै सम्झिन् ।

एक वर्षअघि मात्रै सुनारका श्रीमान्को मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । अहिले एघार र छ वर्षका छोरासँग जीवन बिताइरहेकी उनीलाई वैदेशिक रोजगारीबाट श्रीमान्लाई समयमै फर्काउन नसकेको पीडाले पोल्छ । फोनमा जतिबेला पनि फर्कनुभन्दा पनि एक वर्ष अरू बस्छु भन्दै टारिरहे । बिहे गरेर पनि लामोसमय सँगै बस्न पाइएन । उनले भने, “अहिले छोरा टुहुरा भए, मलाई पनि जिन्दगी चलाउन गाह्रो छ ।”
वैदेशिक रोजगारीमा गएकाका श्रीमती कसरी बाँचेका होलान्, अवस्था कस्तो होला भनेर समाजले नबुझेको विषयमा सुनारले गुनासो पोखिन् । “राम्रो भयो भने भाग्यमानी भन्ने समाज श्रीमान्को मृत्युपछि त्यही श्रीमान्लाई खाई भनेर टोकेसो गर्छन”, उनले भनिन्, “हाम्रो भावना बुझिदिने त कोही छँदै छैन ।”

सुनारको जस्तै पीडा बाँकेकै कोहलपुर नगरपालिका–२ गौरीडाँडाकी ३४ वर्षीया मीना रानाको पनि छ । उनीको १८ वर्षमै मागी विवाह भयो । दुई सन्तान जन्मिए । जसोतसो गुजारा चलिरहेको थियो । भविष्य सुरक्षित गर्न भन्दै श्रीमान्लाई मलेसिया पठाए । थोरै रहर र धेरै बाध्यताका बीच उनीले श्रीमान्लाई मलेसिया जान अनुमति दिइएकीे हुन् । एक–दुई गर्दै वर्ष थपिँदै गए । तर श्रीमान् अहिलेसम्म फर्किएका छैनन् ।

एक–एक वर्ष भिसा थप गर्दै उनका श्रीमान् उतै बस्न थाले । दश वर्ष बितिसक्दा पनि श्रीमान् अहिलेसम्म घर नफर्किएको रानाले सुनाइना् । “छोराछोरी बाबुबिनाका सन्तानजस्तै भएका छन”, उनिले भनिन् , “श्रीमान्ले दुःख गरेर कमाएको भन्दै राम्रो लगाउन र मीठो खान सकिनँ, पर्खाईमै जवानी बित्यो ।” मलेसिया गएको केही वर्षपछि श्रीमान् राजेन्द्र रानाले फोन गर्न छाडेको मीनाले गुनासो गरिन् ।

“पैसा पनि पठाउन छाडे”, उनिले भनिन्, “करकापपछि छोराछोरीको पढाइका लागि भन्दै थोरै पैसा पठाउँथे ।” अहिले त त्यही पैसा पनि पठाउन छाडेको उनिले सुनाइन् । “अहिले त नेपाल आउन नसक्ने भन्छन”, उनिले भनिन् , “मन बेचैन छ । सोच्दासोच्दै मानसिकरूपमा बिरामी पर्न थालेको छु । अहिले मलाई पेटसम्बन्धी समस्याले सताएको छ । पैसा छैन उपचार गर्न सक्ने अवस्था पनि छैन ।”

“जसका लागि भनेर मैले परिवार हेरेर १० वर्ष पर्खेँ, उसैले तँसँग मेरो कुनै सरोकार छैन, म अब फर्किन्न भन्यो”, उनिले आँशु खसाल्दै भनिन््, “अब मैले कसरी गुजारा गर्ने ? छोराछोरी कसरी पाल्ने ? ममाथि अन्याय भयो ।” राना अहिले छोराछोरीका साथ नेपालगन्जमा कोठा भाडामा लिएर बसिरहेकी छिन् । छोरी अढाइ वर्ष र छोरा पाँच वर्षको हुँदा उनको श्रीमान् मलेसिया गएका हुन् । अहिले उनकोे छोरा १५ वर्ष छोरी साढे १२ वर्षको भइसकेका छन् ।

“मेरा छोराछोरीले बाबाको माया पाउन सकेनन”, उनिले भनिन्, “स्कुलमा बुवालाई बोलाऊ भन्दा छोरी रुँदै घर फर्केर आउँछे, त्यो आँशुको मूल्य कसले बुझिदिने ?” जाजरकोटबाट नेपालगन्ज झरेकी मीनाले अहिले गिट्टी–बालुवा बोक्दै छोराछोरीको जिम्मेवारीसँगै आफूलाई पालिरहेकी छिन् । श्रीमान् फर्केर आएपछि परिवारसँगै मिलेर बस्ने सुन्दर सपना बुनेकी रानाको सपना सपनामै सीमित रह्यो ।

“उतै बिहे गरेको सुनेकी छु, आफ्नो दुःख कसलाई सुनाउँ ?”, उनिले गहभरि आँशु पार्दै भनिन्, “मेरा लागि नभए पनि छोराछोरीको मुख हेरेर भए पनि फर्केर आएहुन्थ्यो ।” श्रीमान्को व्यवहारले आजित भएर उनिले विदेश जाने निधोसमेत गरेकी रानाले राहदानी पनि बनाएको बताइन् । तर छोराछोरी एक्लै छाडेर जाने हिम्मत नभएको उनिले बताइन् । “म त घर न घाटकी भएँ, विदेश नजाउँ छोराछोरी कसरी हुर्काउँ, पढाउँ ?”, उनले भनिन्, ‘जाउँ भने छोराछोरीलाई कसरी एक्लै छाडेर जाउँ ?”

वैदेशिक रोजगारमा गएर घर नफर्किएका श्रीमान्का कारण श्रीमतीहरूले भोग्नुपरेको पीडाको विषयमा अधिकारकर्मी सपनाश्री भट्टराईले जति नै हिंसा भए पनि सामाजिक इज्जतका कारण पनि वैदेशिक रोजगारमा गएका पुरुषका पत्नी खुलेर नआउने बताइन्। उनिले भनिन्, “वैदेशिक रोजगारमा गएका श्रीमान्ले घर धानेर बसेका श्रीमतीलाई अनावश्यकरूपमा शङ्का गर्ने, पैसा नपठाउने र घरै नफर्कने कारणले कति महिला मानसिकरूपले पीडित बनेका छन् । ”

उनिले भनिन्, “विदेशमा बसेर घरमा घर धानिरहेकी श्रीमतीमाथि अनावश्यक शङ्का गरेर पैसा नपठाउने र घरै नफर्कने कारणले धेरै महिला मानसिकरूपमा पीडित बनेका छन् । महिला आफ्नै इज्जतका कारण पनि खुल्न सक्दैनन् ।” वैदेशिक रोजगारीमा गएका श्रीमान्ले पैसा नपठाउँदा र घर–परिवारप्रति वास्तै नगर्दा पनि महिला न्यायका लागि प्रहरीसम्म पुग्न नचाहेको उनकोे भनाइ छ ।

जिल्ला महिला बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक दिलसरा राना क्षेत्रीले विदेशमा बेपत्ता भएका वा घर नआउने श्रीमान्बारे अहिलेसम्म कुनै उजुरी नपरेको बताइन् । उनले विदेश बसेको श्रीमान्लाई झिकाउन नसके पनि सम्झाउने र महिलाको न्यायका लागि सहयोगी बन्न सक्ने जानकारी दिइन्। उनिले भनिन्, “विदेश बसेको श्रीमान्लाई झिकाउन त सक्दैनौँ तर सम्झाउने र महिलाको न्यायका लागि सहयोगी बन्न त सक्छौँ भनेर हामीसम्म आइपुगेका मुद्दामा भने हाम्रो भूमिका केवल सहयोगीको मात्रै रहेको छ ।” रासस

 

वि.सं.२०८० जेठ १७ बुधवार १५:५० मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...