back
CTIZAN AD

नौ बुँदे प्रस्ताव पारित गर्दै नेपाल राष्ट्रिय अभिभावक संघ गण्डकी प्रदेशको दोस्रो बैठक सम्पन्न

वि.सं.२०८० जेठ १८ बिहीवार

1.1K 

shares

पोखरा ।  नेपाल राष्ट्रिय अभिभावक संघ गण्डकी प्रदेशको दोस्रो बैठक पोखरामा सम्पन्न भएको छ ।

‘समय सापेक्ष गुणस्तरीय शिक्षा आम अभिभावकहरूको अपेक्षा’ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज श्याम शर्मा भुसालले बताएका छन् ।

कार्यक्रममा ९ वटा महत्वपूर्ण घोषणा प्रस्तावहरू पारित गरिएको छ । गण्डकी प्रदेश प्रथम सम्मेलनको बन्द सत्रबाट उक्त बुँदाहरू पारित गरिएको भुसालले जानकारी दिए ।

मुख्य बुँदाका रुपमा संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, राज्यका विभिन्न शैक्षिक निकायहरूमा संघको प्रतिनिधि समावेश गरिनुपर्ने, वि व्य स गठनमा वास्तविक अभिभावकको प्रतिनिधित्व हुनुपर्ने, विद्यालयलाई शान्ति क्षेत्रको रुपमा घोषणा गरि अमन चयन कायम गर्ने, संस्थागत विद्यालयले पनि सामुदायिक सरह छात्रवृत्ति प्रदान गर्नुपर्ने, शिक्षामा व्यापारिकरण हुन नदिने, शिक्षक दरबन्दी सृजना गरि शिक्षक पदपूर्ति गर्ने र सामुदायिक विद्यालयमा योग्य प्रधानाध्यापकको व्यवस्था गरिनुपर्ने जस्ता प्रस्तावहरू समेटिएका छन् ।

कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले अभिभावक र विद्यालयको सम्बन्ध प्रगाढ बनाउन के गर्न सकिन्छ भन्दै विद्यार्थी संगै विद्यालयको समग्र विकासका लागि एक भएर आवाज उठाउने कुरामा जोड दिएका थिए ।

वि.सं.२०८० जेठ १८ बिहीवार ०८:४८ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...