back
CTIZAN AD

कृषिमन्त्री भुसाल भन्छन्– सरकारले स्वेदशमै पसिना बगाउँ भन्ने अभियान चलाउँदैछ

वि.सं.२०८० जेठ १९ शुक्रवार

705 

shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले स्वदेशमै पसिना बगाउने अभियान चलाउन आग्रह गरेका छन् ।

किसान डेरी उद्योगको शुक्रबार उदयपुरमा उद्घाटन गर्दै मन्त्री भुसालले भने– “युवाहरु अवसरको खोजीमा विदेश गइरहेका छन्, स्वदेशमै केही गर्न सकिने प्रशस्त आधारहरु छन् । अब विदेशमा बगाउने पसिना यहीँ बगाउँ भन्ने अभियान चलाएर अगाडी बढ्नुपर्छ ।”

मन्त्री भुसालले वर्षेनी जग्गा बाँझो राख्नेक्रम चलिरहेको समेत दृष्टान्त प्रस्तुत गरे । विभिन्न रिर्पोटका अनुसार देशभर १० लाखभन्दा बढी क्षेत्रफल जग्गा बाँझो रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री भुसालले बाँझो जग्गालाई प्रयोगमा ल्याउने गरी आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताए । जग्गा बाँझो राखेर भोकै बस्ने काम अब बन्द गर्नुपर्नेमा उनको विशेष जोड छ ।

कृषि तथा पशुपन्छीको क्षेत्रमा दिइने अनुदानको सही सदुपयोग हुन नसकेको उनले बताए । अनुदान पाउने तर भाग्ने परिपाटी रहेको भन्दै मन्त्री भुसालले अनुदानको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । साथै कार्यक्रमलाई उत्पादनमुखी बनाएर अगाडी बढ्नुुपर्ने उनले औंल्याए ।

वि.सं.२०८० जेठ १९ शुक्रवार १७:३२ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...