काठमाडौं । स्कारपियो अनियन्त्रित भइ दुर्घटना हुँदा रुपन्देहीमा एकजनाको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ शान्तिकुन्जस्थित सडकमा आइतबार बिहान बा. २० च १४३८ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा चालक अर्घाखाँची छत्रदेव गाउँपालिका– ८ बस्ने ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएका प्रहरीस्ले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
वि.सं.२०८० जेठ २८ आइतवार १३:२४ मा प्रकाशित






























