काठमाडौं । नेपाल एसबिआई बैंकले ‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२३’ प्राप्त गरेको छ ।
च्यानल गोल्ड अवार्ड विधाअन्तर्गत उक्त अवार्ड पाएको हो । भरपर्दो मोबाइल बैंकिङ सेवा तथा सुविधाको आधारमा ‘योनो नेपाल एसबिआई’का लागि अवार्ड प्रदान गरिएको बताइएको छ ।
नेपाल एसबिआई बैंकले हाल ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १० शाखारहित बैैकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिससहित १२८ एटीएममार्फत सेवा दिँदै आएको छ ।
वि.सं.२०८० जेठ २९ सोमवार ०८:३१ मा प्रकाशित



























