back
CTIZAN AD

जसपाको विधान अधिवेशन आज सकिँदै, आज पार्टी अध्यक्ष यादवले जवाफ दिँदै

वि.सं.२०८० असार १२ मंगलवार

738 

shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । यही असार १० गते आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार समापन हुन लागेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्षनेताले जवाफ दिने कार्यक्रम छ । अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा सोमबार १० समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० समूहबाट समूहगत धारणा राखेपछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको सो पार्टीले जनाएको छ ।

जसपाको प्रस्तावित विधानमा ७० वर्षे उमेरहदको प्रावधान राखिएको छ । यसैगरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा एउटै व्यक्ति दुईपटकभन्दा बढी एउटै पदमा बस्न नपाउने, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा पाँच वर्ष पार्टी सदस्यता लिएको हुनुपर्नेलगायतका प्रावधान राखिएको विधान प्रस्तुत भएको छ ।

उक्त मस्यौदा विधानमा छलफलका लागि केन्द्रीय समितिका चार सय छ जना सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित १० सहित सात सय ४६ प्रतिनिधि सहभागी रहेका छन् ।

 

वि.सं.२०८० असार १२ मंगलवार ११:२४ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...