back
CTIZAN AD

सूर्यविनायकमा घरेलु तथा कृषि पर्यटन मेला हुँदै

वि.सं.२०८० असार १२ मंगलवार

840 

shares

सन्जिब दुलाल/भक्तपुर । भक्तपुरमा घरेलु तथा कृषि पर्यटन उद्योग प्रवर्धनका लागि घरेलु कृषि पर्यटन मेला हुने भएको छ । भक्तपुरमा उत्पादित घरेलु तथा कृषि उत्पादन एवम् नेपाली रैथाने उत्पादन,नेवारी खानाका परिकार सहित भक्तपुरको सूर्यविनायकमा असार १५ देखि १७ सम्म मेला हुने भएको हो ।

नगरपालिकाले विभिन्न स्वरोजगारका कार्यक्रम साथै सीप मूलक तालिम दिँदै आएको छ, नगरपालिकाको उपलब्धि साथै कृषि, पर्यटन तथा घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीलाई बजारीकरणमा सहजताका लागि मेलाको आयोजना गरिएको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नम्वर ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार मेलामा ९५ भन्दा बढी स्टल हरू रहने छन् ।

नेपाली उत्पादनको प्रयोग गरौँ स्थानीय उत्पादनलाई प्राथमिकता दिऊँ भन्दै उक्त मेला हुन लागेको भक्तपुर घरेलु तथा साना उद्योगका अध्यक्ष प्रेम खर्बुजाले जानकारी दिए । सूर्यविनायक नगरपालिकाको सहयोगमा हुन लागेको उक्त मेलामा भक्तपुरमा उत्पादन हुने तथा नेपाली रैथाने उत्पादनहरूको प्रदर्शनी हुनेछ ।

नेपालको कुल गार्हस्थ्य उत्पादनको ठुलो हिस्सा ओगटेको साना तथा घरेलु उत्पादनलाई नेपाली माझ चिनाउन मेला आयोजना गर्न लागेको उनले जानकारी दिए । मेलामा घरेलु उत्पादनका साथै स्थानीय खानाहरूको स्टल नेवारी खाना, योमरी, चटामरी , समय बजी, बारा, च्याउको छ्वायला तथा च्याउका विभिन्न परिकारहरू समेटिने खर्बुजाले जानकारी दिए ।

भक्तपुर जिल्लाका स्थानीय उत्पादन विशेष गरी सूर्यविनायक नगरपालिकाका स्थानीय उत्पादनलाई पर्यटन सँग जोड्नको लागि उक्त मेलाको आयोजना गरिएको भक्तपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष राम सुन्दर भेलेले जानकारी दिए । उनका अनुसार भक्तपुरका घरेलु, रैथाने उत्पादनसँग पर्यटन जोड्न नसके पर्यटन उद्योग र घरेलु उद्योग दुवै धारासायी हुने उनकाे धारण रहेको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्वर ८ स्थित हरित कृषि थोक बजार आदर्श चोकमा हुने उक्त मेलामा भक्तपुर साङ्गीतिक समाजले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्ने साङ्गीतिक समाजका अध्यक्ष प्रवीण शाहीले जानकारी दिए । भक्तपुरको स्थानीय उत्पादन प्रवर्धन तथा पर्यटन प्रवर्धनका लागि सांस्कृतिक प्रस्तुति गर्न लागेको उनले जानकारी दिए ।

सूर्यविनायक नगरपालिकाको आयोजनमा हुने उक्त कार्यक्रममा रैथाने तर्फ ( गो लोकल) प्रवर्धनका लागि आयोजना गर्न लागेको सूर्यविनायक नगरपालिकाले जानकारी दिएको छ । मेलामा घरेलु, कृषि, पर्यटन, हस्तकला, काष्ठकला, धातुकला, विद्युतीय सामग्रीहरू, नेवारी खाना, विभिन्न खानाहरू, सहकारी, बैङ्किङ, शिक्षा, लगायतका स्टलहरू समावेश हुने छन् ।

वि.सं.२०८० असार १२ मंगलवार ११:४७ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...