back
CTIZAN AD

वैदेशिक रोजगारीमा जानेहरुलाई एयरपोर्टबाटै ट्रयाकिङ गर्न माग

वि.सं.२०८० असार १३ बुधवार

954 

shares

काठमाडौं । वैदेशिक रोजगारमा जानेहरुलाई अन्तराष्ट्रिय विमानस्थलबाटै ट्रयाकिङ गर्नुपर्ने माग गरिएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद प्रदीप पौडेलले बैदेशिक रोजगारीमा गएका युवाहरुले कतिपयले अकालमा ज्यान गुमाउनु परेको अवस्था तथा वर्षौसम्म उनीहरुको अवस्थाबारे जानकारी नपाउँदा परिवार र राष्ट्रलाई नै समस्या परेको भन्दै यस्तो माग गरेका हुन् ।

उनले विभिन्न देशमा रोजगारीका लागि पुगेका नेपालीहरु विपद्मा पर्दा सरकारले समन्वय गर्न नसकेको बताउँदै मलेसियामा रोजगारीका लागि पुगेका यमलाल परियारले त्यहि ज्यान गुमाएको र उनको शव नेपाल ल्याउन परिवारले सबैतिर याचना गर्दापनि ल्याउन नसकेको भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको बताए ।

‘कतिपयको मृत्यु हुन्छ तर उसको बारे परिवार वा सरकारलाई जानकारी हुँदैन । कतिपयको मृत्यु भएको वर्षौपछि मात्रै जानकारी हुने गरेको स्थिति रहेको छ । त्यसैले नेपालबाट रोजगारीका लागि विदेश जाने नेपालीलाई एयरपोर्टदेखि नै ट्रयाकिङ गरिने व्यवस्था गरियोस्,’ सांसद पौडेलेले भने, ‘उ कहाँ गएको हो, गएको ठाउँमा पुग्यो कि पुगेन ? त्यहाँ सम्झौता अनुसारको रोजगारी पायो कि पाएन ? काम गर्ने सन्दर्भमा उ विरामी पर्यो कि, दुर्घटनामा पर्यो कि ? कुनै भवितव्यमा पर्यो कि त्यसको ट्रयाकिङ गर्ने व्यवस्था गरियोस् ।’

वि.सं.२०८० असार १३ बुधवार १२:०७ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...