काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा फारम भर्ने सम्बन्धी सूचना जारी गरेको छ ।
कार्यालयले बार्षिक परीक्षा प्रणाली अनुरुप २०८० सालमा सन्चालन हुने ४ बर्षे स्नातक तह दोस्रो वर्षको बि.बि.एस, बि.एड, वि.एस्सी र बि.ए दोस्रो वर्ष नियमित \आंशिक तर्फ २०७९ र ३ वर्षे बि.ए दोस्रो वर्ष आंशिक र प्राइभेट आंशिकतर्फको परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा फारम भर्ने पूर्व प्रकाशित सूचना अनुसार नियमित दस्तुरमा फारम भर्ने अवधि २०८० असार मसान्तसम्म कायम गरिएको सूचना जारी गरेको हो ।

वि.सं.२०८० असार २६ मंगलवार १७:२८ मा प्रकाशित
























