back
CTIZAN AD

एमालेमा अब दोहोरो पदमा रहेर जिम्मेवारी लिन नपाईने

वि.सं.२०८० साउन १ सोमवार

969 

shares

काठमाडौं । नेकपा एमालेले पार्टीका जिम्मेवार नेताहरुले दोहोरो पदको भूमिकामा बस्न नपाउने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको २३ औं सचिवालय बैठकले पार्टीको एक प्रमुख जिम्मेवारीको मान्यता अनुसार सांसद, स्थानीय तहको प्रमुख/उपप्रमुख नेताहरुले पार्टीको अध्यक्ष तथा सचिव लगायतका दोहोरो पदको भूमिकामा बस्न नपाउने निर्णय गरेको हो ।

बैठकले संघ तथा प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षहरुले पार्टीको अध्यक्ष तथा सचिव तहको पदमा चुनिन नपाउने निर्णय गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले बताए ।

‘यो केन्द्रदेखि स्थानीयतहसम्म नै लागू हुन्छ । आगामी अधिवेशनदेखि केन्द्रदेखि जिल्ला तथा स्थानीयतसम्म यो निर्णय लागूहुन्छ ।’ उपमहासचिव रिमालले संसारन्युजसँग भने ।

कसैले दोहोरो जिम्मेवारी पाउने तथा कसैले पद नै नपाउने अवस्था भएकोले स्थानीय तहका प्रमुख/उपप्रमुख तथा वडाध्यक्ष पदमा रहेकाहरुले पार्टीको अध्यक्ष तथा सचिवमा उम्मेदवारी दिन नपाउने व्यवस्था गर्ने निर्णय गरेको बताइएको छ ।

त्यस्तै बैठकले साउन १५ गतेसम्म पार्टीको सदस्यता नविकरण गर्ने समय थपेको छ । यसअघि असार १५ गतेभित्र सदस्यता नविकरण गराइसक्नुपर्ने अपानि जारी गरेको सो पार्टीले साउन १५ गतेसम्म्का लागि समयसीमा थप गरेको हो ।

 

 

 

वि.सं.२०८० साउन १ सोमवार २१:२४ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...