back
CTIZAN AD

अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता

वि.सं.२०८० साउन २ मंगलवार

651 

shares

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी-२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

“एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष संवेदनशील रहेको बारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो”, अर्थमन्त्री डा महतको चिनियाँ समकक्षीसँगको भेटबारे उल्लेख गर्दै उनको सचिवालयले भनेको छ, “मन्त्री डा महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।”

सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिले गरेकाे सहयोग प्रतिबद्धताबारे पनि दुई देशका अर्थमन्त्रीबीच कुराकानी भएको जनाइएको छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उक्त भेटमा मन्त्री डा महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाबाट दुई देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरे । सुरुङमार्गको प्रसङ्गमा टोखा–छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने उनले आशा व्यक्त गरे । चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।

वि.सं.२०८० साउन २ मंगलवार ०७:३३ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

ठुलीपोखरी-खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

ठुलीपोखरी-खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत । तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला...

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ  ।  दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व...

‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’

‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको...

नवलपरासीमा आगलागी, बाह्र घर जले

नवलपरासीमा आगलागी, बाह्र घर जले

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका...